अर्जेन्टिनाका फुटबल खेलाडी इमिलियानो साला चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटियो

एजेन्सी – कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला चढेको विमान १५ दिन पछि क्षतिग्रस्त अवस्थामा भेटिएको छ ।अर्जेन्टिनाका फुटबल खेलाडी इमिलियानो साला र पाइलट डेविड इब्बोटसन चढेको विमान जनवरी २१ देखि वेपत्ता भएको थियो।दुर्घटनाको अनुसन्धानकर्ताहरुले भेटाएको विमानको पाटपूर्जा सोमबार प्रयोगशालामा पठाउने बताइएको छ ।आइतबार क्षतिग्रस्त विमानको पाटपुर्जा भेटिएको थियो ।

अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय साला हालै फ्रेन्च क्लब नान्तेसबाट कार्डिफ सिटीमा आवद्ध भएपछि आफ्नो नयाँ क्लब कार्डिफ आउँदै गर्दा उनी सवार विमान सम्पर्कबिहिन भएको हो। १५ दिन सम्म पनि यी दुईको अवस्था पत्ता नलागेको हुँदा यी दुईको मृत्यु भैसकेको अनुमान गरिएको छ। दुर्घटनाको लगत्तै अनुसन्धानकर्ताको टोली खोजीमा निरन्तर लागिरहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*