आज नेपाली कांग्रेसले सरकार विरुद्ध काठमाडौँ सहित देशैभर प्रदर्शन गर्दै , मुडभेडको स्थिति हुन सक्ने

काठमाडौँ – आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्दैछ । आज काठमाडौँ सहित देशैभर सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै प्रदर्शन गर्ने तयारी गरेको हो। नेपाली कांग्रेसले सरकार विरुद्ध आज दिउँसो १ बजे प्रदर्शन गर्ने बुझिएको छ।

नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले प्रदर्शनको लागि सम्पूर्ण तयारी गरिसकेका छन्। देशभर मुडभेडको स्थिति शिर्जना हुन सक्ने भन्दै सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिसकेको छ।यस्तै आइतबार साँझ सबै जिल्लाहरूमा मशाल जुलुस र प्रदर्शन गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*