कतारबाट कम्पनी छोडेर जाँदा कति हिसाब पाइन्छ ?

कामदार आफू कार्यरत कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई इन्ड अफ सर्भिस(ग्राचुइटी) भनिन्छ।यसलाई नेपालीमा उपदान पनि भन्ने गरिन्छ।कतारको श्रम कानून अनुसार कम्पनीमा काम गरेको एक वर्ष भन्दा माथि भएर कम्पनी छोडेर जाँदाको अवस्थामा कामदारले यो हिसाब पाउने प्रावधान रहेको छ।यसको हिसाब वर्षको न्यूनतम २१ दिन(तीन हप्ता) भन्दा कम हुनुहुँदैन।

हिसाब कति पाइन्छ ? एक वर्ष भन्दा माथि काम गरेको खण्डमा = २१ दिन(तीन हप्ता) प्रति वर्ष ।

सामान्य सूत्र
प्रति वर्ष = न्यूनतम तलब/३० दिन × २१

(आएको प्रतिफल लाई आफू कम्पनीमा काम गरेको जम्मा वर्षले गुणन गर्नुहोला।)

अनलाइन हेर्ने कसरी ?
१.आन्तरिक मन्त्रालयको वेबसाइट मा जानुहोस्।

२.पहिलो बक्समा कम्पनी प्रवेश गरेको मिति हाल्नुहोस्।

२.दोस्रोमा कम्पनी छोड्ने मिति हाल्नुहोस्।

३.आफ्नो न्यूनतम तलब हाल्नुहोस्।

४.प्रति वर्ष पाउने हिसाब हाल्नुहोस।(प्राय कम्पनीले २१ दिनको मात्र दिने गर्दछ।)

५.तपाईंले पाउने हिसाब आउनेछ।

नपाए कहाँ उजुरी गर्ने ?

मन्त्रालयको अनुसार अब श्रमिकले हरेक प्रकारको उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :

दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग
औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
अलखोरमा रहेको मन्त्रालयको कार्यालय
निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय

सेफ्टी इन्जिनियर कामको लागि विदेश जाने हो? १ लाखदेखि ३ लाखसम्म तलब
काम गर्ने ठाउँमा दुर्घटना भएर हुनु तथा चोटपटक लाग्नु स्वाभाविक हो। वैदेशिक रोजगारमा गएका कति कामदारहरू काममा दुर्घटनामा परेको कुरा पनि सुन्दै आएका छौँ। त्यसैले काममा सुरक्षा अति महत्त्वपूर्ण हुन्छ। हरेक कम्पनीलाई सुरक्षित र दुर्घटना मुक्त राख्न सेफ्टी इन्जिनियको आवश्यकता पर्छ। यहि भएर पनि यो विषयमा अध्यन तथा जानकारी भएको व्यक्तिहरूलाई विदेशमा अवसर धेरै छ। यो लेखमा हामी सेफ्टी इन्जिनियर कामको लागि विदेश जाँदा के कस्तो काम गर्नुपर्छ, तलब सुविधा कस्तो हुन्छ र त्यसका साथै यो काममा जाँदाका फाइदाहरू के के हुन्छन् भन्ने बारेमा बताउँदै छौँ।

के कस्तो काम गर्नुपर्छ ?

कम्पनीमा नयाँ आएको कामदारलाई कम्पनीको मेसिन, नियम, तथा काम बारे तालिम र जानकारी दिनुपर्छ।
कम्पनीमा भएको मेसिन तथा कार्यस्थलको सुरक्षा समय समयमा जाच गरि राख्न पर्छ।
यन्त्रहरू प्रयोग गर्न उपयुक्त नियम तथा प्रक्रिया बनाउने र त्यो लागु भएको छ कि छैन भनेर समय समयमा जाच गर्नुपर्छ
नयाँ मेसिन ल्याएको अथवा बेच्ने हो भने मेसिन बारे सबै जानकारी प्रदान गर्नुपर्छ
अहिले सम्म भइसकेका दुर्घटनाको रेकर्ड राख्ने र भविष्यमा हुनसक्ने दुर्घटना नियन्त्रण गर्ने उपाय निकाल्ने
के कस्तो योग्यता चाहिन्छ?

सेफ्टी इन्जिनियरिंग बारे अध्यन गरेको र तालिम प्राप्त गरेको हुनुपर्छ र अनुभव भएको भए अझै राम्रो हुन्छ।
कम्पनीमा दुर्घटना भैहाले वा मेसिनमै केहि समस्या आएमा त्यसलाई ठिक गर्ने सुरक्षा प्रविधि र उपाय बारे जानकारी हुनुपर्छ।
नयाँ कामदारलाई तालिम दिदा वा नयाँ काम सुरू गर्न जानकारी दिदा राम्ररी अनुवाद गर्न सक्ने हुनुपर्छ।
एक साथ धेरै काम गर्नुपर्ने हुनसक्ने भएकाले सबै काम व्यवस्थित राखेर गर्न सक्नुपर्छ।
दुर्घटनाबाट नडराई त्यो दुर्घटनालाई रोक्ने उपाए र प्रक्रिया प्रयोग गर्नुपर्छ।
तलब के कस्तो हुन्छ ?

बहराईनमा सेफ्टी इन्जिनियेरिनको तलब रू २०७९३२ देखी ३८६१५९ नेपाली रुपैँया सम्म हुन्छ।
ओमनमा सेफ्टी इन्जिनियेरिनको तलब रू १२८२७६ देखी २३८२२६ नेपाली रुपैँया सम्म हुन्छ।
कतारमा सेफ्टी इन्जिनियेरिनको तलब रू १२९३१३ देखी २४०१५३ नेपाली रुपैँया सम्म हुन्छ।
साउदी अरबियामा सेफ्टी इन्जिनियेरिनको तलब रू १६२६७४ देखी ३०२१०८ नेपाली रुपैँया सम्म हुन्छ।
यु.ए.इमा सेफ्टी इन्जिनियेरिनको तलब रू २०७९३२ देखी ३८६१५९ नेपाली रुपैँया सम्म हुन्छ।

फाइदा के के हुन्छ?

अरु काममा भन्दा यस काममा तलब सुविधा धेरै र राम्रो छ।
अरू काममा जसरि यो काममा धेरै समय पनि लाग्दैन।
बाहिर काम गरेर फर्किसकेको सेफ्टी इञ्जिनियरले यँहा बसेरै विदेशमा जान चाहनेहरूलाई यो कामको तालिम तथा जानकारी दिन सकिन्छ।
साथै यसमा राम्रो काम गरिरहे विदेशमै पनि अवसरहरू बढिरहन्छन्।
सीपमूलक काम भएकाले यो क्षेत्रमा काम पाउन पनि सजिलो हुन्छ।
काम कसरी पाउने?

नेपालमा भएका विभिन्न म्यानपावर एजेन्सीहरूले पत्र-पत्रिकामा ग्राफिक डिजाइनरको काम गर्ने कामदारको खोजीको सूचना तथा विज्ञापन प्रकाशित गरेका हुन्छन्।
ती सूचनाहरूमध्ये आफूले चाहेजस्तो कुन छ तथा कुनमा धेरै कमाइ हुन्छ भन्ने कुरा बुझ्नुपर्छ।
त्यसै गरी विदेश पठाउने म्यानपावर कम्पनीमा सोझै गएर आवेदन दिन सकिन्छ।
अनलाइनमार्फत पनि कम्पनीले विभिन्न मागहरू गरिरहेका हुन्छन्। त्यसको आधारमा पनि आवेदन दिन सकिन्छ।

महत्त्वपूर्ण कुरा :

आफु जाने कामको राम्ररी जानकारी र तालिम लिएर जानुपर्दछ।
आफु जाने देशको भाषा र अंग्रेजी भाषा राम्ररी जानेर गए धेरै राम्रो हुनेछ।
काममा निक्कै ध्यान हुन पर्छ, अलिकति गडबडी भयो भने पनि कम्पनीलाई धेरै नोक्सान हुने जोखिम हुन्छ।
कर्मचारीलाई कम्पनीको नियम तथा मेसिनहरूको जानकारी राम्ररी केहि नछुटाई दिनुपर्छ
कतै काम गरिसकेको भए अनुभवको प्रमाणपत्र लिनुपर्छ। त्यसले भविष्यमा अन्य ठाउँमा काम गर्नुपर्‍यो भने पनि काम दिन्छ।

FacebookTwitter

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*