करेन्टबाट दुबै हात गुमाएकी मेघा, खुट्टाले लेख्छिन् जिब्रोले मोबाइल चलाउछिन्

एलिना घिसिङ , काठमाडौँ । विराटनगरकी २१ वर्षीया मेघा घिमिरेका दुबै हात बिजुलीको करेन्टले लग्यो । करेन्टले हात लगेपछि उनको श्रीमान टाढिए । मेघाले भागि विवाह गरेकी थिइन् ।फेसबुकबाट प्रेम बसेपछि उनीहरुले विवाह गरेको मेघाले बताइन् ।मेघा हाल काठमाडौको जोरपार्टीका जम्बु डाँडा स्थित कोठामा बस्दै आएकी छिन् । एक सातादेखि मेघा र उनकी आमा उक्त ठाउँमा बस्दै आएकी हुन् । उनी माइती घरको संरक्षणमा छिन् । श्रीमान र उनका परिवार उनीबाट टाढिएका छन्।क रेन्टले हात लगेको घटनापछि आफूलाई मायाँ गर्ने आफ्नो श्रीमान विस्तारै परिवर्तन हुदै गए ।

जब उनलाई मायाँ र सहयाेगकाे आवश्यकता थियो त्यतीबेला श्रीमान टाढिँदै गएपछि श्रीमानलार्इ उनले गर्ने गरेकाे मायाँ उनीबाट पनि हटिसकेको छ । श्रीमानले फोन नगर्ने र आफूले गर्दा पनि नउठाउने अरुलाई उठाउन दिने गर्दै आएको उनी बताउछिन् ।उन लाई उपचार गर्न उनकी आमाले खेत बचेकी थिइन् । खेत बेचेर छोरीको उपचार गर्दै अाएकाे र उल्टै विदेश जान्छु भन्दै रु ६० हजार पैसा ज्वाईले लिएको मेघाकी आमले बताइन् । बारमबार मेघालाई पैसा मागेपछि उनले आमालाई सुनाइन् । त्यसपछि आमाले ज्वाई विदेश जाने भनेपछि विदेश गएर कमाएर छोरीलाई हेर्छ भन्दै उक्त रकम दिए ।

ज्वाई पैसा लिएर विदेश नगई उनको घर गएर बसेको र छोरीलाई बेवास्ता गरेको आमाले बताइन् । त्यसरी झुकाएर पैसा लिएपछि नर्फेको ज्वाईले अब छोरीलाई हेर्छ भन्ने झिनो आशा पनि अामामा नरहेको र मेघामा पनि आफ्नो श्रीमान फर्किन्छ भन्ने आशा नर हेको बताउँछिन । करेन्ट लागेपछि घरभित्रै बसिरहने मेघालाई उनका साथीहरु घरमै भेट्न आउने गरेका थिए ।मेघालाई घरबाट बाहिर जान गाह्रो भएकै कारण भित्र बसिरहन्थिन् । केही समयपछि साथी र चिनजानका सहयोगमा उनी ११ कक्षामा भर्ना भइ पढ्दै छि न् ।

शिक्षा विषय लिएर पढ्दै गरेकी उनी लेख्ने काम खुट्टाले गर्छिन भने मोबाइल जिब्रोले चलाउछिन् । आमा , बाबा , भाई बहिनीले पनि उनलाई खान खुवाउने , कपाल कोरि दिने जस्ता सबै काम गर्दै आएका छन् । त्यस्तै १५ दिन देखि आफै शौचालय जान सक्ने भएको मेघा बताउछिन् ।मेघा भन्छिन् , ”एक दिन युट्युवमा कृष्ण दाईको भिडियो देखे र आफूलाई जस्तै समस्या परेको उहाँलाई भेट्न जाने इच्छा थियो । तर उहाँ आफै मलाई भेट्न आउनु भयो । ” उनलाई भेटन कृष्ण ओली र रुपा दुबै उनकै कोठमा पुग्दा धेरै खुसी लागेको सुनाइन् ।

कृषणले रुपा श्रीमती पाएकोमा धेरै भाग्यमानि रहेको बताउँदै केटी मान्छे र केटा मान्छेको मन फरक रहेको बताइन् ।सानो बेलाको याद गर्दै मेघाकी अमाले मेघा नाच्नेमा बढी रुची देखाउने बताइन् । ठूलाे हुँदै गएपछि खेलमा धेरै रुचि राख्ने मेघा विवाहापछि आर्मी पुलिस बन्ने चाहाना राखेकी थिइन् । तर मेघालाई श्रीमानले आर्मी पुलिस बन्नबाट पनि बन्चित लगाएको मेघा बताउँछिन् । उनको श्रीमानलाई त्यो क्षेत्र मन नपरेकै कारण उनले आफ्नै इच्छा दबाइन् ।अहीले मेघा आफूले सक्ने केही काम पाए गर्ने बताउदै विषेश गरी मिडियाको समाचार बचीका बन्न रहर भएको उनी बताउछिन् ।

उनलाई अहीले सहयोग आउन थालेको छ र अझै बढी सहयोग गरी दिन सहयोगको अपिल गछिर्न ।आएको सहयोगबाट आफ्नो हात राखेर पहिलेको जस्तै हातले काम गर्ने र आफू जस्तै घटना घटेकालाई खोजि खोजि सहयोग गर्ने उनले बताइन् । उनी भन्छिन म जस्तै धेरैले यस्तो पिडा बोकेका छन् अरुले पनि । त्यसैले उनीहरुलार्इ पनि यसरी बाहिर आउन आग्रह गर्छिन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*