कलाकार दीपकराज गिरी भन्छन्, देश नै मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ

राज्य विप्लवको मुद्दामा जेल सजाय भुक्तान गरेको सीके राउतलाई एकाएक रिहा गरेर सरकारले हिरो बनाएपछि नेपाली राजनीति तीव्र ध्रुवीकरण भएको छ । राउतले मधेसलाई छुट्टै राज्य हुनुपर्ने माग गरेपछि आमजनता आक्रोशित भएका छन् ।नेता, पत्रकार, इ न्जिनियर, डाक्टर, कलाकार, बुद्धिजीवी सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । यही क्रममा सीके राउत समर्थकले सरकारसँग सहमति गरेको भोलिपल्टै छुट्टै देश चाहियो भन्दै प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेकोमा कलाकार दीपकराज गिरी आक्रोशित भएका छन् ।

गिरीले सोमबार बिहान फेसबुकमा एउटा कडा स्टाटस लेखेका छन् । उनले ‘देशले अन्याय गरेको छ भने बोली हाल्नुपर्छ, देश नै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ’ भनेर स्टाटस राखेका छन् । गिरीको स्टाटसअनुसार सीके राउतका समर्थकलाई सरकारले निगरानीमा राखेर तुरुन्त कारबाही गर्नुपर्छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र ‘विखण्डनकारी’ सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्ड नकारी नारा र जुलुस किन र कसरी भइरहेको छ भन्दै आपत्ति जनाएका हुन्।

उनले ट्‍वीट गर्दै प्रश्‍न गरेका छन्, “आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछरु यो हद भयो,असह्य भयो। विखण्डन कारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवाद लाई वैधानिकता दिन भन्‍ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ। गम्भीर बनौँ।”अाज हाम्रो प्यारो देशको सार्बभौमिकता र अखण्डताको बिरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछ?याे हद भयाे,असहय भयाे।बिखण्ड नकारी गतिबिधिकाे अन्तकाे निम्ति सम्झाैता कि बिखण्डनबादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पछं।गम्भीर बनाैं।

उनले अहिले पाएको अवसरलाई गुमाउनु नहुने बताएका छन् । राजनीति सत्ता-शक्ति,पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाको निम्ति नभई देश,जनता, परिवर्तन, न्याय, सत्य र मु्क्तिकाे लागि गर्नु पर्ने बताएका छन् ।उनले लेखेका छन्, ‘हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिकाे निम्ति कि सत्ता-शक्ति, पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाको निम्ति ?यतिवेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्व नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने? गम्भीर आत्म समीक्षा गराैं। राजनीति सफा गराैं, देश बचाऔं, देश बनाऔं।’हाम्राे राजनीति देश,जनता,परिबर्तन,न्याय,सत्य र मु्क्तिकाे निम्ति कि सत्ता-शक्ति,पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाकाे निम्ति?

यतिवेला प्राप्त भएकाे अवसरलाई पक्रेर समृद्व नयां नेपाल बनाउने कि देश माथि खेलवाड गर्ने?गम्भीर अात्मसमीक्षा गराैं।राजनीति सफा गराैं,देश बचाअाैं,देश बनाअाैं।बिहीबार जेलबाट रिहा भएका सिके राउत र नेपाल सरकारबीच गत शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकाबीच ११ बुँदे सहमति भएको थियो। सहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्या नरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका थिए । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*