कसैले सहयोग गरे नयाँ जीवन पाउथे : क्यान्सर पिडित भागिराम भण्डारी

घोराही । क्यान्सर पिडित भागिराम भण्डारीले आर्थिक सहयोग गरेर ज्यान वचाईदिन अनुरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ निवासी भण्डारीले घाँटीमा क्यान्सर देखिएको हुदा आर्थिक सहयोग गर्न अनुरोध गरेका हुन् ।

अहिले सम्म क्यान्सरको उपचार गर्नेक्रममा ५ लाख बढि खर्च भईसकेको र घाँटिको दाब्रे साईडमा पलाएको मासुको डल्लो अप्रेशन गर्नको लागि अझै १५ लाख आवश्यक पर्ने क्यानर पिडित भण्डारीले वताएका छन् । ‘उपचार गर्दा आँफुसंग भएको सबै पैसा सकियो’ क्यानसर पिडित भण्डारीले सहयोगको अपिल गर्दै भने ‘कसैले सहयोग गरे पुनः जिवन पाउथे ।’

हाल भक्तपुर क्यानसर अस्पतालमा उपचार गराइरहेका भण्डारीले डाक्टरले चाडै नै १५ लाख पैसा जम्मा गरेर अप्रेशनको तयारी गर्न सुझाव दिएको वताएका छन् ।

घाँटीमा मासुको डल्लो पलाएर ठुलो हुदै गएको छ’ उनले चिन्तीत हुदै भने ‘समयमै अप्रेशन भएन भने घाँटीको मुख्यनलीमा असर गर्छ, ।’ आर्थिक कम्जोर भएका कारण र घरमा भएको सबै पैसा उपचारमा खर्च भईसकेकाले आर्थिक सहयोग गरिदिनहुन सबैमा अनुरोध गरेका छन् ।
सहयोग गर्न चाहनेले ९८४७८७६२४५ मा सम्र्पक गर्न भण्डारीले अनुरोध गरेका छन् । घाँटीमा मासुको डल्ला पलाएको हुँदा स्वास प्रस्वासमा समेत समस्या भएको उनले वताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*