काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको निगमको एयरबस अवतरण नगरेरै काठमाडौँ फर्कियो

काठमाडौँ — काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० अवतरण नगरेरै काठमाडौँ फर्किएको छ । निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार, दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमा नस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौँ फर्किएको हो ।‘आँधी र हावाहुरीका कारण विमान दिल्लीमा अवतरण नगरी काठमाडौँ फर्किएको हो,’ प्रवक्ता कोइरालाले भने । निगमका अनुसार बिहीबार बेलुकी अन्य थुप्रै उडा नहरू दिल्लीमा अवतरण हुन नसकेर फर्किएका थिए ।

आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौँबाट उडेको थियो । यो रुटमा एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ । उक्त विमानले दिल्लीमा अवतरण गर्न नपाएपछी साँझ साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो।दि ल्ली विमानस्थलको आकाशमा एक घण्टा हाराहारी होल्ड गर्नुपर्ने भनिएको थियो,’ निगमका एक पाइलटले भने, ‘त्यसपछि पनि विमानस्थल खुल्ने सम्भावना नदेखिएपछि हाम्रो विमान काठमाडौँ फर्किएको हो ।’ उक्त उडानमा क्याप्टेन पीआर भण्डारी र एसके ढेवा जु थिए ।

कुनै पनि उडानमा रहेको विमानले गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको अर्को वैकल्पिक विमानस्थलमा अवतरण गर्ने योजना बनाएको हुन्छ । काठमाडौँ दिल्ली रुटमा नजिककैको वैकल्पिक विमानस्थल लखनऊ पर्छ ।तर, लखनऊमा निगमको कार्यालय र ग्राउन्ड ह्याण्डलिङ्ग एजेन्ट नभएकाले काठमाडौँ फर्किएको प्रवक्ता कोइरालाले बताए । उनले दिल्लीको मौसममा सुधार आएमा फेरी दिल्ली उडान गरिने बताए । दिल्लीबाट काठमाडौँ फर्किने यात्रुको सङ्ख्या १ सय ५० थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*