‘को वीपी ? कहाँको वीपी ? हामीलाई थाहा छैन, यो मधेसको भूमि हो’

वीरगन्ज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले मधेसी सहिद पार्क निर्माण गर्ने निर्णय गरिसकेकाले त्यहि निर्णय अहिले कार्यान्वयन गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।

बुधबार सहिद पार्कको शिलन्याश गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सो कुरा बताएका हुन् । सहिद पार्क निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले भने, ‘प्रदेश सरकारले अहिले ७५ करोड मात्र विनियोजन गरेको छ, तर यो पार्क निर्माण करोडौं होइन अर्बौ रुपैयाँ लाग्छ भने पनि प्रदेश सरकारले लगाउँछ , सहिद पार्क बनाइ छाड्छौ ।’

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले मधेसी सहिदहरुको सपना साकार पार्न र मधेसी जनताको आकांक्षा पुरा गर्न प्रदेश सरकारले सहिद पार्क बनाउन थालेको बताए ।

वीरगन्जमा मधेस आन्दोलन चलिरहेका बेला घण्टाघर चोकमा मधेसी दलका नेताहरुले मधेसी सहिद पार्क बनाउने उद्घोष गर्दा हजारौ मधेसी आन्दोलनकारीहरुले ताली बजाएर स्वागत गरेका थिए । मन्त्री सोनलले भने, ‘मधेसी जनताको त्यहि आकांक्षा पुरा गर्न प्रदेश सरकारले पार्क निर्माण थालेको हो ।’

पार्क निर्माण स्थलको जग्गाका लागि महानगरपालिकासँग स्वीकृति नलिइएको प्रसङगमा मन्त्री सोनलले भने, ‘जग्गा जनताको हुन्छ, संविधान, ऐन कानुन र विधि प्रकृया पनि जनताकै लागि बनाइएको हुन्छ, यदि यी सबै कुरा जनताको हक र हितमा भएन भने त्यसलाई परिवर्तन गर्न सकिन्छ, त्यसैले पार्क निर्माणका विषयमा पहिले भएका कानुन र विधी प्रकृया परिवर्तन गरेर जसरी पनि सहिद पार्क बनाइन्छ ।’

प्रदेश २ का प्रदेशसभा सदस्य प्रल्हाद गिरीले पनि वीपी कोइरालाले मधेशको लागि केही पनि नगरेको भन्दै उनको नाममा मधेसमा कुनै पार्क वा शालिक निर्माण गर्न नदिने चेतावनी दिए । ‘को वीपी ? कहाँको वीपी ? हामीलाई थाहा छैन, यो मधेसको भूमि हो, त्यसैले यो भूमिमा मधेसी सहिदको नै पार्क बन्छ’ उनले भने, ‘मधेसको भूमिमा बन्न लागेको सहिद पार्कको कसैले विरोध गर्छ भने त्यसको प्रतिकारमा उत्रिन्छौ । शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिका मेयर विजय सरावगीलाई निमन्त्राणा गरिएको भएपनि कार्यक्रममा भने उपस्थित भएनन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*