खोटाङमा बाँदर समात्न भारतबाट ल्याइयो पेसेवर सिकारी, मेयरले दिए पाँच लाख अग्रिम भुक्तानी

खोटाङ , बाँदरले किसानलाई हैरान पारेपछि नियन्त्रणका लागि भारतबाट पेसेवरी सिकारी ल्याइएको छ । बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट ‘बाँदर समाउ अभियान’ शुरु गरिए को हो ।बाँदरलाई खोर र जाल थापेर समात्न भारत खुसीनगर उत्तरप्रदेशका मुखतार सिकारीसहित दुई जना दिक्तेल आएका छन् । उनीहरुलाई रुपाकोट मझुवागढी नगरपालिका मेयर दिप नारायण रिजालले बुधबार रु. पाँच लाख बजेट अग्रिम भुक्तानी वापतको र कम उपलब्ध गराएको छ ।

आगामी जेठ मसान्तभित्र प्रतिगोटा रु. दुई हजारका दरले २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए । केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलामा पर्ने सिम्पानी, दसगते, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मी लगायतका बासिन्दाले प्रतिघर रु. २०० चन्दा उठाएर बाँदर धपाउने अभियान चलाएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट शुरु गरिएको आभियान १० वटै स्थानीय तहमा पु¥याइने समितिका अध्यक्ष दुर्गाबाहदुर घिमिरेले जानकारी दिए । बाँदरलाई समातेर निकुञ्ज पु¥याइने छ । खोटाङका धेरैजसो ठाउँमा बाँदरले दुःख दिने समस्या छ ।खो टाङ आएका सिकारीमध्ये एक जनाले बाँदर प्रभावित क्षेत्रमा चारो छर्न थाल्ने र एक जनाले भारत पुगेर थप सात जनाको टोली लिएर आउने समितिले जनाएको छ । बालीनाली सखाप भएर हैरान भइरहेका किसान उपद्रो मच्चाउने बाँदरलाई समातेर निकुञ्ज लाने खबरले खुसी भएका छन् ।

बाँदर आतङ्क नियन्त्रणका लागि किसानको ज्ञापनपत्र आउँदा अलमलमा परिरहेका गाउँपालिका र नगरपालिकाका कतिपय जनप्रतिनिधिसमेत ‘बाँदर समाउ अभियान’मा इच्छुक देखिएको छन् ।खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई नियन्त्रण अभियान थालिएको हो । बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न गत मङ्सिर १६ गते दिक्तेलमा भएको किसान भेलाले बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*