गर्जीए बिडारी यो सरकार ५बर्ष चल्यो भने देश तिव्र विकास हुन्छ,बमजनले अपराध गरेको हो भने छोड्दिन।(भिडियो सहित)

नेकपाका सामसद रामनारायण बिडारीले बर्तमान सरकारको चरित्र समाजवाद उन्मुख प्रगतिशील चरित्र को सरकार भएको ले यस्ले मुलुककालागी रचनात्मक रुपमा समृद्धिका काम गरिरहेको र अब पन्ध्र बर्ष यहि प्रगतिशील शक्ति ले देश चलाउने बाताबरण भयो भने मुलुक विकसित मुलुककै दाजो मा समृद्धिको उचाइमा पुग्ने बताउनु भएको छ । डाक्टर गोबिन्द केसीलाई दलाल वा माफियाको अरोप लगाउनु गलत भए पनि इमान्दार केसिलाई बेइमानहरुले गलत प्रयोग गरिरहेको बताउनु भएको छ ।

गोबिन्द केसी को अनसन तोडाउने काम सरकारकै दायित्व भएकोले , केसीलाई वास्तविक सत्य बुझाएर तत्काल अनसन तोडाउनु पर्ने कुरा उल्लेख गर्नु भयो । मुलुकमा केही अपराधहरु गम्भीर प्रकृतिका देखिए पनि ती कार्बाहिको दायरामा परेरै छाड्ने बिस्वास राख्दै यदि भ्रष्ट र अपराधीलाई कार्वाही नगरे आफू स्वयम् सरकार बिरुद्ध उत्रने चेतावनी समेत दिनु भयो ।नेता बिडारी ले आफू कम्युनिस्ट नभएको समर्थक मात्र भएको भन्दै बर्तमान सरकार पनि कम्युनिस्ट सरकार नभएको बताउनु भयो । नेपालमा कम्युनिस्ट पार्टी नभइ नाम र झन्डा मात्र कम्युनिस्ट भएको तर कम्युनिस्ट हुने प्रयत्न भने गरिरहेको बताउनु भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*