चोर्नु, ढाँट्नु पो हुँदैन त काम गरी खान के को लाज ?

चोर्नु, ढाँट्नु पो हुँदैन त काम गरी खान के को लाज ? हिजोआज यस्तै आहान प्रशस्त सुन्न पाइन्छ । धुलैधुलोले छपक्क छोपेको खुट्टामा चुट्टिन आँटेको तनेवाल चप्पल,जताततै भेन्टिलेसन भएका कालो कलर तर मयलले हो, धुलोले हो या खुइलिएर खैरो हुनै आँ टेको जिन्स पेन्ट, त्यसमाथि आई लभ नेपाल लेखेको सेतो तर कालो कलरतर्फ उन्मुख टिसर्ट र टिसर्टमाथि जिन्सको कलर नछुट्टिने ज्याकेट लगाएकी त्यस्तै १८–१९ वर्षे तरुनी युवती ढोकामा बसेर चक्रपथ, चाबहिल, एयरपोर्ट भन्दै बालाजुतर्फबाट आइन्। दृश्य : बसुन्धारा चोक समय : दिनको करिब ३ः४५ उनले कपाल गुटुमुटु पोको पारेकी थिइन्, टाउमा रातो रङको रुमाल बेरिएको थियो । मुख कालो रङको मास्कले ढाकिएको थियो । झट्ट हेर्दा प्रकृतिले दिएको नारीत्वको उनले खुलेरै विरोधी गरेकी थिइन् । बोलीले मात्रै उनी महिला हुन् भन्ने थाहा पाउन सकिन्थ्यो । किन उनी गाडीमा झुण्डिने जागिर खान आइन् त ? शुक्रवारकर्मीलाई बडो खुल्दुली लाग्यो र जानु अर्कातिर भए पनि त्यही मिनी माइक्रो बसमा चढ्यो । गाडीका सबै सिटहरु भरिपूर्ण थिए, केही यात्रु सकी–नसकी ढाड खुम्च्याएर उभ्भिएका पनि थिए । शुक्रवारकर्मी पनि कम्मरमा हात लगाएर तिनै उभ्भिनेको लर्कोमा सामेल भयो र एकतमास उनै अर्धनारीलाई हेरिरह्यो । मिनी माइक्रो गौशालाको बस स्ट्यान्डसम्म आइपुग्यो ।

यसबीचमा केही यात्रु झरे, केही चढे । सिटमा यात्रु परिवर्तन भइरहे तर उनी भने अन्य स्ट्यान्डमा झैं बिना परिवर्तन, उस्तै स्वरमा यात्रु बोलाउँदै थिइन्, एयरपोर्ट, कोटेश्वर, सात दोबाटो… । उनी जोडजोडले चिच्याउँदै थिइन्, एक वृद्धवृद्धाका जोडी चिच्याहट सुनेर बस नजिक आए र सोधे, ‘यो गाडी काँ जाने खलाँसिनी !’ गाडीमा भएका सबै यात्रुहरु मुखामुख गर्दै हाँस्न लागे तर उनको अनुहारमा कुनै उत्तारचढाव आएन । उनले सहज तरिकाले जाने ठाउँको नाम बताएपछि ‘खलाँसिनी’ शब्दले खासै असर नपारेको बुझियो । यो सब हेरिरहेको झनै खुल्दुलीले सतायो र नजिक गएर साउती मा¥यो, ‘तपाईंलाई खलाँसिनी भन्दा नराम्रो लागेन ?’ उनले तुरुन्तै ठूलो आवाजमा जवाफ फर्काइन्,‘धेरैले यसै भन्छन्, त्यसमाथि म खलाँसिनी नै हो त मलाई डाक्टर्नी भनेर बोलाउँछन् त ?’ गाडी भर का यात्रु पुनः गलल्ल हाँसे तर उनी भने सिरियस मुडमै थिइन् । शुक्रवारकर्मीले उनको नाम सोध्यो, घर सोध्यो र यसमा आउनुको कारण सोध्यो । निकै गाह्रो मनेर उनले घर नुवाकोट भएको बताइन् र चालकतर्फ औंला देखाउँदै भनिन्, ‘उहाँ मेरो गाउँले काका ।

गाउँले काकाले घरमा गरिबीले च्यापेपछि काठमाडौं ल्याए र सँगै गाडीमा खलाँसीको काम लगाइदिए । उनको हाँस्न नसकेको मुहार झनै अँध्यारो भयो । खाल्डाखुल्डीमा बुर्लुक्क–बुर्लुक्क उफ्रर्दै गुडिरहेको मिनी माइक्रो, त्यसैमाथि स्टपैपिच्छे मान्छे बोलाउन चिच्याउनु पर्ने कारण अन्य कुरा मनमा नै राखेर शुक्रवारकर्मी ओर्लियो ।यो त प्रतिनिधि घटना मात्रै हो ।नयाँ बसपार्क, बसुन्धरा, महाराजगन्ज…. भन्दै गाडीको ढोका ढ्यापढ्याप पार्ने पुरुषको भिडमा हिजोआज महिला अनुहार बढी नै देखिन थालिएको छ । सुरुसुरुमा देख्नेहरु त अचम्म पनि मान्छन् । लौ केटी पनि खलाँसी भन्दै आपसमा कुरा गर्छन् । ‘अझ विद्यालय र कलेजका विद्यार्थी त हामीलाई देखेर मरिमरि हाँस्छन्,’ महानगर यातायातमा सहचालकको रुपमा काम गर्दै आएकी इसिका (सीता) मगरले अनुभव सुनाइन् । उनले पहिला चक्रपथ गुड्ने एउटा गाडीमा सहचालकको काम तलबै नलिइकन काम सुरु गरिन् । ‘त्यतिबेला त काम सिक्दै छ भनेर तलब नै दिँदैनथ्यो,’ मगरले भनिन्, ‘खाना चाहिँ खुवाउँथ्यो ।’ तर अहिले महानगरमा उनको भत्तासमेत गरेर करिब २० हजार तलब छ । ‘गाडीमा जति समस्या भोगे पनि तलब आएको दिन सबै भुलिन्छ,’ उन ले सुनाइन् ।

‘सार्वजनिक यातायात । थरीथरीका यात्रु । ओहो, सार्वजानिक यातायात न हो, जस्तो पनि चढ्ने, जाँड खाएका पनि हुन्छन्, देख्दा भलाद्मी लाग्ने तर फटाहा पनि आइपुग्छन्,’ मगरले अझै थपिन्, ‘दाइ तपाईं कहाँ पुग्ने भनेर सोध्यो भने जहाँ पुगे पनि तिमीलाई के चाहियो, हामीले भाडा दिएकै छौं पो भन्छन् !’यस्ता पात्रलाई उनले धेरैपटक भेटिसकेकी छन् । सीताले एक पटक चक्रपथकै चालकलाई चड्कनसमेत लगाएको गर्विलो आवाजमा सुनाइन् । ‘अर्को गाडीको पुरुष चालकले, महिला सहचालक भएकै कारण जि स्क्याएपछि मैले त आँखै देखिनँ, अनि एक चड्कन दिएँ ।

पछि गाडी रोकेरै माफी माग्यो,’ अहिले भने ती चालक उनलाई देखे पनि आँखा तलतिर फर्काएर हिँड्ने गरेको उनले बताइन् ।सिन्धुपाल्चोककी गोपिनी नेपाली उमेरले भर्खर १७ वर्ष लागिन् । २०७२ वैशाख १२ को भूकम्पले भर भत्किएपछि उनी काम गर्ने र धेरै पैसा कमाउने सपना बोकेर काठमाडौं आइन् । पैसा कमाउन गाह्रो छ, यो उनलाई राम्रैसँग थाहा थियो तर यतिधेरै गाह्रो पर्ला सोचेकी थिइनन् । कम पढाइ भएकाले उनले धेरै ठाउँमा जागिरका लागि प्रस्ताव राखिन् तर कतैबाट स्वीकृति आएन, त्यसपछि गाडीका सहचालक भइन् । ठूलो गाडी भएकाले सबै कुरा सजिलै थियो । खरर मिठो स्वरमा बोल्ने र आँ गर्दा अलंकार बुझ्ने उनी गाडीमा हिँड्न थालिसकेपछि त बोल्नै नसक्ने जस्तै भइन् । सुरुसुरुमा काममा जानै डर लाग्ने, मान्छेदेखि पनि डर लाग्ने हुन्थ्यो । उनले भनिन्, ‘अझै ठाउँको नाम थाहा नपाएर, कसरी यात्रुलाई झार्नु हुन्थ्यो !’ हँसिली अनुहारकी नेपालीले थपिन्, ‘मलाई ठाउँको नाम थाहा पाउनै एक महिना लाग्यो । अहिले त त्यस्तो गाह्रो लाग्दैन, सबैले यति सानो मान्छेले पनि के खलाँसी काम गरेको भन्छन् । यो मेरो बाध्यता हो, कसले बुझिदिने ?’बालबालिका र कलेजका विद्या र्थीले उनलाई ‘महिला खलाँसी’ भन्छन् ।

एकपटक कलंकी हुँदै हाम्रो गाडी जाँदै थियो, एकजना बच्चा आफ्नी आमासँग स्कुलबाट फर्कंदै रहेछ, उसले मलाई नै देखाएर मामु केटी मान्छे पनि खलाँसी भन्यो । आमाछोराले नै उनलाई परसम्म हेरिरहे । ‘त्यतिबेला मलाई साह्रै असहज भएको थियो,’ अर्की सहचालक कमला पौडेलले भनिन्, ‘गाडीमा हिँडेपछि राम्रा–नराम्रा सबै भेटिन्छन्, त्यसलाई सधैं मनमा राखेर बस्न हुन्न ।’महानगर यातायातमा काम गर्ने संगीता श्रेष्ठले १२ कक्षा पास गरेकी छन् । पहिले काठमाडौंकै एक सहकारीमा काम गर्ने उनी आफ्नो दाइसँगै महानगर यातायातमा काम गर्न थालिन् । ‘त्यहाँ त कति धेरै महिला दिदीबहिनीले सहचालकको काम गरिरहनुभएको रहेछ,’ उनले भनिन्, ‘त्यो देखेपछि मलाई पनि काम गर्न मन लाग्यो र सहचालकको काम थालेँ । सुरुमा काम गर्दा चिनेको मान्छेले यो त खलाँसी पो भइछ भन्छन् भनेर आँखा मात्र दे खाएर अनुहार ढाक्थेँ,’ संगीताले लजाउँदै भनिन्, ‘अहिले त लाज पनि लाग्दैन, अप्ठेरो पनि लाग्दैन । अप्ठेरो त काम सिक्ने बेलामै भयो ।’महिलाले सहचालकको काम गरेको देख्ने वृद्धवृद्धाले राम्रो काम गरेछौ, महिला भएर पनि यस्तो काम गर्न आँट गर्ने तिमी हरु जस्ताले त अब गाडी पनि चलाउन पर्छ भनेर हौसला दिने गरेको फूलकुमारी तामाङ बताउँछिन् ।

पहिला काठमाडौंमै क्यान्टिनमा काम गरेकी तामाङको तलब थोरै थियो, अहिलेको तलबले भने आफू सन्तुष्ट भएको उनको भनाइ छ ।उनीहरुको तलब नौ हजार रुपैयाँ छ । चक्रपथ परिक्रमा गरेअनुसारको भत्ता पनि थपिन्छ । महिला सहचालकहरु आफ्नो काम प्रति सन्तुष्ट छन् । एउटै गुनासो भनेको कहिलेकाहीँ यात्रुले कुरा नबुझ्ने र कम्पनीले पनि आफूहरुलाई नै उस्तो बनाउने गरेको उनीहरुको दुखेसो छ । ‘कुनै यात्रु सस्तोमा पूरै चक्रपथ परिक्रमा गर्न पाइन्छ, समय पनि छ किन नजाने भनेर चढ्छन्,’ नाम बताउन नचाहने महानगर यातायातकी एक सहचालकले भनिन्, ।

‘बसुन्धरा जान कोटेश्वरबाट सातदोबाटो हुँदै जान खोज्छन्, नराखौं कम्पनीमा फोन गर्दिन्छन्, राखौं एउटै व्यक्तिलाई लामो दूरीसम्म राख्दा अरुले सिट नपाउने समस्या हुन्छ ।’पोहोरसम्म ब्युटिपार्लरमा काम गर्ने जमुना बस्नेतको दिनचर्या अहिले फेरिएको छ । एक वर्षदेखि जमुना महानगर यातायातका बसमा सहचालक छिन् ।सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी जमुना बसमा सहचालक बनेको एक वर्ष भयो । ब्युटिपार्लरबाट मोडिएर बसको यात्रा थालेपछि जमुनाको रहर समयक्रमसँगै र पेसा परिवर्तन भएसँगै फेरिएको छ । अ ब उनलाई जसरी हुन्छ, गाडी चालक बनेर देखाउनु छ । ११ कक्षासम्म पढेकी उनी नयाँ पेसाबाट दुःखी छैनन् । सहचालकको काम गरेर महिनाको २० हजारसम्म कमाइ हुने गरेको उनी बताउँछिन् । ९ हजार ७ सय तलब पाउने गरेकी जमुनाले भत्ता पनि पाउँछिन् । रिङरोड एक चक्कर लगाएको एक सय रुपैयाँ भत्ता पाउने उनले बताइन् । सहचालककै कामबाट मासिक २÷३ हजार वचतसमेत हुन थालेकामा जमुना सन्तुष्ट भएकी छन् ।उनले यस पेसामा कमाइ र सम्मान दुवै पाएको बताउँछिन् । वृद्धवृद्धाहरु लामो समय कुरेर पनि महिला सहचालक भएको बसमा चढ्ने गरेको उनको अनुभव छ ।

महिला सहचालकको नरम व्यवहारले नै मानिसहरुको खलाँसी प्रतिको दृष्टिकोण बदलिएको उनको ठम्याइ छ ।सुरुसुरुमा सहचालकको काम गर्दा जमुनालाई चिनेजानेका मानिस गाडीमा नचढिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । उनीहरुले के भन्लान् जस्तो लाग्थ्यो । उनलाई लाज पनि लाग्थ्यो रे ! तर आज समय बदलिएको छ । एक वर्षको अवधिमा उनमा आत्मविश्वास बढेको छ । अचेल उनी चिनेका मान्छे चढ्दा मज्जाले गफगाफ गर्छिन्, त्यस्तै उनीहरुले पनि राम्रो काम सुरु ग¥यौ भनेर बधाइ दिने गरेका छन् । सबैले सहचालक भयौ, अब चालक बन्नु भनेर हौसला दिएकामा त्यस्तो भावना राख्नेप्रति उनी कृतज्ञ छिन् । त्यसैले पनि उनी कसरी चालक बन्ने भन्ने ध्याउन्नमा छिन् । हिजोआज त उनलाई चक्रपथमा गाडी हाँकेको सपना पनि देख्ने गरेको हाँस्दै सुनाउँछिन् । उनी अरुलाई पनि सहचालकको काम गर्न हौसला दिन्छिन् । आफ्नो पेसालाई सम्मान गर्ने केटासँग विवाह गर्ने सो च रहेको पनि उनले थपिन् ।महानगर यातायातमै सहचालक छिन्, रमा नेपाली । उनी भर्खर १८ वर्ष पुगिन् । महानगर यातायातले महिलालाई सहचालक राख्ने भएपछि उनले सहचालकको काम सुरु गरेकी हुन् । गाडी चढ्ने सबैले हौसला दिएकाले उनको उत्साह बढेको छ ।

उनले भनिन्, ‘पहिला पहिला खलाँसी, कन्डक्टर भन्थे तर अहिले सबैले सम्मानका साथ बोलाउँछन् । विद्यार्थीहरु पनि सुरुसुरुमा उनलाई देखेर हाँस्ने गर्थे तर बानी परेर होला उनीहरुको व्यवहार पनि बिस्तारै बद्लिएको छ ।’उनको मासिक आम्दानी पनि २० ह जार बराबरको छ । उनी आफ्नो आम्दानीबाट सन्तुष्ट देखिन्छिन् । उनको पनि लक्ष्य चालक नै बन्ने छ ।महिना दिनअघिसम्म उनको दैनिकी माइक्रो बसभित्रै कोचिएर बित्थ्यो । छड्के उभिएर यात्रु बोलाउनु, ओराल्नु र भाडा उठाउनु कम्ती सकसपूर्ण थिएन । अब भने उनले होचो माइक्रोभित्र छड्केर उभिनु पर्दैन । कपन–सुन्धारा रुटको धुम्रवाराह यातायातको ठूलो बसमा सहचालक बनेपछि झापा, शनिश्चरेकी ३२ वर्षीया गोमा श्रेष्ठको दैनिकी फेरिएको छ । अहिले उनको काम सजिलो मात्र भएको छैन, कमाइ पनि पहिलेभन्दा धेरै हुन्छ, मासिक १९ हजार रुपैयाँ । ‘तीन जना को परिवार यसकै भरमा पालेकी छु,’ उनले भनिन् । पति तीन वर्षदेखि बेपत्ता भएपछि गोमा सहचालककै काम गरेर परिवार धान्दै आएकी छन् । सकुञ्जेल यही काम गर्ने उनले निधो गरेकी छन् । चालक अनुमति पाउने स्थिति भए बसको चालक नै बन्ने उन को धोको छ ।

चक्रपथ रुटमा चल्ने महानगर यातायातमा सहचालक छिन्, काभ्रेकी २० वर्षीया सुमिना श्रेष्ठ । भरपर्दो आम्दानी हुने अन्य क्षेत्र नदेखेपछि यो जागिर रोजेको श्रेष्ठले बताइन् । ‘घरमा छोरी मात्रै छौँ, छोराको जस्तै कमाइ गर्न यही पेसा उचित लाग्यो,’ श्रेष्ठले यो पेसा रोज्नुको कारण खुलाइन् । बाह्र कक्षासम्म पढेकी श्रेष्ठले यो काम गरे बापत मासिक २० हजार जति कमाइ गर्छिन् । ‘मेरो आम्दानीले घरखर्चमा सहयोग पुगेको छ,’ उनले भनिन्, ‘सुरुमा आफन्त र आफैँ लाई अप्ठेरो लागेको यो काम अहिले सहज बन्दै गएको छ । घरपरिवार सबैले कुरा बुझिसक्नुभएको छ, आम्दानी पनि राम्रै छ, त्यसैले केही वर्ष यहि काम गर्ने योजना छ ।’ उनले यो काममा दाम र सम्मान दुवै पाएको बताइन् । ‘हामी भएको बसमा यात्रु पनि खुसी छन्, कम्पनी मालिक पनि,’ उनले भनिन् ।श्रेष्ठका अनुसार चक्रपथ रुटको महानगर यातायातमा वृद्धवृद्धा घण्टौँ पर्खेर भए पनि महिला सहचालक भएको बस चढ्छन्।बा टोमा चढिराख्ने आमाबुबा कतिबेर पर्खेपछि छोरी आयो भन्दै चढ्छन्,’ उनले भनिन् । महिला सहचालकले महिला, बालबालिका तथा वृद्धवृद्धालाई सिट मिलाएर राखिदिने भएका कारण आफूसँग खुसी हुने गरेको श्रेष्ठले बताइन् । भविष्यमा बस चलाउन सिकेर चाल क बन्ने उद्देश्य रहेको उनले बताइन् ।

आफू सहचालक भएपछि आत्मविश्वास, आम्दानी र सम्मान बढ्दै गएकाले अन्य महिलालाई पनि यो काममा आउन श्रेष्ठ सुझाव दिन्छिन् ।सोही यातायातकै सहचालक हुन्, सिन्धुपाल्चोककी २८ वर्षीया सबिना घिमिरे । महानगर यातायातले महिलालाई प्राथमिकता दिने सुनेपछि सम्पर्कमा आएकी हुन् उनी । यो कामबापत घिमिरेले मासिक २० हजार कमाउँछिन् । यो कमाइले परिवारको खर्च चलेको घिमिरेले बताइन् । यस पेसामा महिला दिदीबहिनीबाटै हौसला मिलेको उनको अनुभव छ । ‘पहिला महिला पनि कन्डक्टर (?) भ न्थे, कतिले खलाँसी त कतीले खलाँसिनीसमेत भन्थे, अहिले उल्टै सम्मान दिन्छन्,’ उनले भनिन् ।

भविष्यमा चालक नै बन्ने सोच रहेको घिमिरेले सुनाइन् ।सहचालक महिलाको अनुभवमा पुरुष सहचालक भएको बसको तुलनामा महिला सहचालक भएको बसमा बढी यात्रु चढ्छन् । यसको मुख्य कारण भने महिला सहचालकले यात्रुलाई गर्ने सम्मानित व्यवहार र मिठो बोलीचाली भएको उनीहरुको दाबी छ । ‘म यात्रुहरुलाई हँसाई–हँसाई यात्रा गराउन सक्छु,’ महानगर यातायातकी सहचालक श्रेष्ठले भनिन्,‘कहिलेकाहीँ मातेका मान्छे बसमा चढे भने पूरै वातावरण बिग्रने भएकाले त्यस्ता मान्छेलाई भरसक चढ्न दिन्नँ ।’ म हिला सहचालकले यात्रुलाई मीठो र सम्मानित व्यवहार गर्ने भएकाले महिला सहचालकहरु राख्ने प्रचलन बढ्दै गएको छ । यात्रु पनि महिला सहचालक भएको बस चढ्दा सहज अनुभव गर्न थालेका छन् ।साझा यातायात, धुम्रवराह यातायात, सिटी मेट्रो लगायतका ठूला बसमा पनि केही सहचालक महिला छन् । अन्य साना बस र माइक्रोहरुमा पनि महिला सहचालक भेटिन थालेका छ न् । टेम्पोहरुमा अधिकांश महिला चालक नै भेटिन्छन् । साझामा त एक महिला चालक पनि छिन् ।महिला सहचालक राखेको लगभग एक वर्षको समयावधिमा सेवा आकर्षक र सम्मानित बन्दै गएको महानगर यातायातका सञ्चालक केशव नेपालको अनुभव छ । उ नले भने, ‘पुरुषका तुलनामा महिलाहरु इमान्दार र लगनशील छन् ।’

महानगरले महिलालाई नै चालक र सहचालकका लागि पहिलो प्राथमिकता दिएको बताएको छ । महानगर यातायातका हाल ३९ वटा बसहरु सञ्चालनमा छन् । जसमा २० जना सहचालक महिला नै छन् ।दस वर्षअघिसम्म यो पेसामा एकाध महिला देखिन्थे । अहि ले भने महिलाको आकर्षण बढ्दै गएको बस सञ्चालकहरु बताउँछन् । ‘पाँच÷छ वर्ष पहिले यो काम गरेका महिलाले बीचमै छाडेका थिए, अहिले निरन्तरता दिएका छन्,’ महानगर यातायातका सञ्चालक नेपालले भने । महिलालाई यस पेसामा आकर्षण गर्नुमा मु ख्य भूमिका आफ्नो कम्पनीको पनि योगदान रहेको उनको दाबी छ । ‘थोरै पैसाका लागि विदेसिनुपर्ने महिलाहरुको बाध्यतालाई कम गर्न सोचेर महिला नै माग गरेका थियौं,’ प्रबन्धक नेपालले भने ।महिला सहचालक राखेको एक वर्षमा सेवा आकर्षक र सम्मानित बन्दै गएको उनको अनुभव छ । ‘महिला सहचालक इमान्दार र लग नशीलता दुवै पाइयो,’ उनले भने, ‘ठूलो बसलाई टाढा रिजर्भमा लैजानुपर्दा र बस बिग्रेको बेला भने पुरुष सहचालकको सहयोग लिएर व्यवस्थापन गर्ने गरेका छौँ ।’चितवनको भरतपुरमा ठूलो सिटी बस सञ्चालनमा आएको छ । जसमा पारिवारिक वातावरण होस् भनेर महिला सहचालक राख्न खोजिएको तर महिला सहचालक फेला पार्न समस्या परेको लगानीकर्ता मध्येका एक शंकर गिरीले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*