जिग्रीले भने – धुर्मुस सुन्तलीले हार्दा नेपाली जनताको जित हुन्छ भने हराउनुहोस्

काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जन घिमिरे ‘सुन्तली’ अहिले लागि परेका छन्। उनीहरूले अहिले क्रि केट रङ्गशाला लागि सहयोग जुटाउन मलेसिया छन्। मलेसियाको विभिन्न सहरमा आयोजना हुने ‘धुर्मुस सुन्तली साँझ कार्यक्रममार्फत रङ्गशालाको लागि सहयोग जुटाइनेछ। क्रिकेट रङ्गशाला निर्माणको लागि सहयोग जुटाउन मलेसियामा ‘धुर्मुस सुन्तली साँझ कार्यक्रम ‘ हुँदैछ। मलेसियाको विभिन्न सहरमा आयोजना हुनेछ उक्त कार्यक्रममा गायक बद्रि पङ्गेनी, गायिका मेलिना राई, गायिका सम्झना भण्डारीलगायतले भाग लिनेछन्।

पत्रकारसँग कुरा गर्दै रङ्गशाला निर्माणको लागि धुर्मुस-सुन्तलीलाई किन सहयोग गर्ने भन्ने प्रश्न उठिरहेको छ भन्ने प्रश्नमा धुर्मुसले भने – ‘यो प्रश्न उठ्नु स्वभाविक हो। जसरी अघिल्लो परियोजना धुर्मुस-सुन्तलीलाई सहयोग गर्नु भयो सबैलाई धन्यवाद। ती परियोजना हरू निश्चित तह, तप्का र वर्गको लागि गरिएका थिए। रङ्गशाला निर्माण सिङ्गो नेपाल र नेपालीको खुसीको लागि गरिंदैछ।’ रङ्गशाला निर्माणको लागि धुर्मुस-सुन्तलीलाई किन सहयोग गर्ने भन्ने प्रश्न उठिरहेको बेला धुर्मुसका भाइ कलाकार कुमार कट्टेल ‘जिग्री’ले लाइभ आएर सहयोग गर्नु पर्ने कारण बारे बोलेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*