जीवनमा कहिल्यै सफल हुन नदिने यी ५ बाधक तत्त्वहरु, थाहा पाईराखौ

कुनै पनि सफलता जति आकर्षक तारिफ योग्य हुन्छ त्यसको पछाडी निकै ठुलो त्याग, संघर्ष र मेहेनत जोडिएको हुन्छ। कतिपय मानिसहरु आफुमा केहि क्षमता हुदाहुदै पनि सफलता पाउनबाट चुकेका हुन्छन् कारण यी पाँच बानीहरु वा सोचाईले। हेर्नुस सफलताका यी पाँच बाधकहरु:

डर : कुनै पनि काम सुरु गर्न लाग्दा मनमा डर उत्पन्न हुन सक्छ । त्याे नै सफलताकाे लागि बाधक हुन अाउँछ । कहाँबाट सुरु गर्ने, कसरी गर्ने, अवरोध पो आउने हो कि भन्नेजस्ता कुरा मनमा खेल्न थालेपछि समस्या हुन्छ । त्यसले अगाडि बढ्ने बाटो बन्द गरिदिन्छ । यस्तै डरका कारण अधिकांश मानिसले काम थाल्नै सक्दैनन् र थाले पनि बीचमै छाडिदिन्छन् । सुरुवाती डरबाट मुक्ति पाउन सफल मानिसहरूको जीवन नियाल्नुपर्छ, जसले सुरुवातमा तपाईंकोजस्तै लक्ष्य लिएका थिए र अनेकन चुनौतीको सामना गर्दै सफल बने । सफल व्यक्तिहरूका बारेमा पढ्न, बुझ्न र जान्न जरुरी हुन्छ ।

आत्मविश्वास नहुनु : कुनै पनि काम सुरु गर्नुअघि आत्मविश्वास नहुँदा अगाडिको मार्ग खुल्दैन । यो विषयमा जानकार छैन भनेर सानो मन बनाउने मानिसले काम थाल्नै सक्दैनन् । कामै नगरेपछि कसरी हुनु सफल ? जानकारी छैन भनेर बढ्न नखोज्नु व्यापारमा मुर्खता हो । अत्यन्त सफल मानिसमध्ये अधिकांश आफू सफल भएको पेसाका विज्ञ हुँदैनन् । यही नै सत्य हो । यही सत्यलाई आत्मसात् गर्न आवश्यक छ । आफ्नो उत्पादन र सेवाको विषयमा काम गर्दै जाँदा जानिने हो । आत्मविश्वासलाई मर्न दिनु हुन्न र बिस्तारै आफूले सुरु गरेको कामको विषयमा अपडेट हुँदै जानुपर्छ ।

अनावश्यक शंका : नयाँ खालको काम गर्दा कतै कुरा काट्ने पो हुन् कि, सन्की पो भन्ने हुन् कि, घमन्डी पो भन्ने हुन् कि भन्नेजस्ता अनावश्यक शंकाले मानिसलाई सफल बनाउँदैन । मनमा अनेकखाले कुरा खेलाउँदा काम नहुन पनि सक्छ । कुनै नयाँ काम थाल्दा दुनियाँले कुरा काट्न सक्छन् । अनेक आरोप पनि लगाउन सक्छन् । तर, जब मानिस सफल हुन्छ तब पहिला कुरा काट्नेहरू नै प्रशंसा गर्न थाल्छन् । त्यसकारण मनमा अनेक कुरा खेलाएर सफलताको बाटोमा तगारो हाल्नुहुँदैन ।

लगानीको चिन्ता : कारोबार सुरु गरेपछि सबैभन्दा ठूलो डर लगानीको हुन्छ । कैयौँपटक मानिस यही डरका कारण अगाडि बढिसकेको आफ्नो पाइलालाई रोक्छन् र उल्टो पछाडि हिँड्न थाल्छन् । थप लगानी हातमा नभए पनि तपाईं आँटका साथ आफ्नो व्यवसाय सुरु गर्नुस् । यदि तपाईंले सफल व्यवसाय गर्न थाल्नुभयो र केही नयाँपन दिनुभयो भने लगानीको विषय त्यसै समाधान भएर जान्छ, लगानी तपाईंको दैलोमै आइपुग्छ ।

हीनताभाव : अनुभव, लम्बाइ, लिंग र छालाको रङसँग जोडिएको हीनताबोधले मानिसलाई अगाडि बढ्नबाट रोक्छ । आफ्नो उचाइ, लिंग र छालाको रङका कारण कतिपय मानिस नयाँ काममा हात हाल्न डराउँछन् । जसले गर्दा उनीहरू माथि उठ्न सकिरहेका हुँदैनन् । तपाईंले यस्तो विषयवस्तुप्रति कुनै वास्ता नगर्नुहोस् । जेको व्यवसाय सुरु गर्दै हुनुहुन्छ त्यसको राम्रो सेवा र गुणस्तरीय प्रोडक्ट बजारमा लैजानतर्फ ध्यान लगाउनुहोस् । मानिस कसैको राम्रो बडी वा पर्सनालिटीबाट मात्र प्रभावित हुन सक्लान् । उसको सुन्दर अनुहार र कसिलो ज्यानकै कारण उसले उत्पादन गरेको कम गुणस्तरको प्रडक्ट खरिद गर्दैनन् । व्यवसायका लागि सेवा तथा प्रोडक्ट नै गुणस्तरीय हुन आवश्यक हुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*