डाक्टरले तीन महिना आयु तोकेकी विष्णुमाया तन्दुरुस्त

चितवनकी विष्णुमाया खरेल पेसाले चिकित्सक हुन् । बिरामीहरूको दाँत उपचारमा उनी हरेक दिन खटिरहेकै हुन्छिन् । तर, उनी आफै क्यान्सर पीडित छिन्, अन्तिम स्टेज भनिएको क्यान्सरसँग दुई वर्षदेखि जुधिरहेकी छिन् ।डिम्बासयमा क्यान्सर लागेको थाहा पा एपछि विष्णुमाया खरेलले दिल्लीको बीएलके अस्पतालमा देखाइन् । जब डाक्टरले त्यहाँ उनको आयु तीन महिना तोकिदिए, परिवार पूरै हतास र निराश हुन पुग्यो । त्यो घोषणाको सामना आफैमा भयंकर पीडादायी क्षण थियो ।‘पेटमा ११ हप्ताको बच्चा र अन्ति म स्टेजको क्यान्सर भएको एकै पटक थाहा भयो। डा. विष्णुमाया खरेलले भनिन्, ‘छोरा खेल्ने क्रममा आफ्नो पेटमा लाग्दा दुखाईको पीडा सहन नसकेपछि परीक्षण गराउँदा क्यान्सर भएको थाहा भयो ।’

श्रीमान र सानो छोरासँगै हाँसीखुसी जीवन बिताएकी उनी डाक्टरको घोषणापछि जीवन सकियो भनेर हार खाइ न् । पछि जापानमा रहेको युर्निभर्सिटी अफ हिरोसिमामा पनि परीक्षण गराइन् । त्यहाँका चिकित्सकले एक वर्षको आयु तोकेका थिए । क्यान्सर लागेको दुई वर्ष बितिसक्यो । तर उनको तन्दुरुस्ती र फुर्तीमा कुनै कमी छैन । ‘बरु साहस र हिम्मत बढेको छ’, ख रेलले भनिन्, ‘दुई वर्षदेखि क्यान्सरसँग लड्दै छु, मेरो दैनिकीमा कुनै फेरबदल छैन ।’ उनले बिरामीको उपचारमा हुने सक्रियतामा पनि कुनै कमी हुन दिएकी छैनन् । ‘शुरुमा अन्तिम स्टेजको क्यान्सर भन्ने थाहा पाउँदा जीवनै सकिएको जस्तो लागेको थियो’,

खरेलले भनिन्, ‘शुरुमा जेठ महिना मात्रै बाँच्ने भनेपछि सानो छोरा र श्रीमान सम्झेर निकै रोएँ । अहिलेसम्मको अवस्था हेर्दा डाक्टरको अध्ययन र अनुसन्धान नै पुरानो भयो जस्तो लाग्छ ।’उनी अहिले आफ्नै संचालनमा रहेको एलाईभ हस्पिटल एन्ड ट्रमा सेन्टरको व्यवस्थापनमा र त्यहाँ आउने दन्त रोगीको उपचारमा दिनचर्या बिताउँछिन् । उनलाई देख्ने हरू चकित पर्छन् । बिरामीको उपचारमा उत्तिकै सक्रियता छ सामाजिक संघसंस्थामा पनि उनको सक्रियता बढेको छ । क्यान्सर रोगीका लागि उनी परामर्श दिन्छिन् ।

क्यान्सर लागेर अत्तालिने बिरामीका लागी उनी प्रेरणा बनेकी छिन् ।‘परिवारको साथले मेरो बाँच्ने हिम्मत बढायो। परि वारको सपोर्ट नै मेरो औषधि बन्यो,’ उनले भनिन्, ‘अब त क्यान्सर नै म देखेर हार खाएको छ ।’ उनी बिहान ९ बजेअघि नै आफ्नो हस्पिटल पुग्छिन् । दाँतका बिरामीहरूको उपचार गर्छिन् । क्यान्सर बिर्सेर हाँसीहाँसी बिरामीको सेवा गर्छिन् ।उनका श्रीमान हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछाने श्रीमतीको साथ छोड्दैनन् । हरेक समय उनीहरू सँगै हुन्छन् । रोग लागेको सुन्नेबित्तिकै आमा क्षेत्रकुमारी खरेल छोरीको हेरचाहका लागि सँगै छिन् ।’उनले गत वर्ष ६ चरणको किमोथेरापी चढाइन् ।

अहिले फेरि मंसिरबाट किमोथेरापी चढाउन लागेकी छन् । ३५ वर्षीय खरेलले २०६३ सालमा डेन्टलमा बीडीएस गरिन् । ११ वर्षदेखि उनी बिरामीको सेवामा सक्रिय छिन् । २०६८ सालदेखि उनी ट्रमा सेन्टरमा दन्त चिकित्सक छिन् । ‘भगवानमा विश्वास गर्छु । त्यसैले सोचेको होइन, लेखेको भोग्न कसैले रोक्दैन,’ डा. खरेलले भनिन्, ‘आत्मबल दरो बनाए कै कारण बाँचेको छु ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*