‘डा. केसीलाई जसले बोकेको छ उसैले नै अनशन ताेडाउन सक्छ

सरकारले डा. गोविन्द केसीको अनशन तोडाउने काम उनलाई बोक्नेकै भएको जनाएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले केसीको अनशन तोडाउने काम उनलाई बोक्नेकै जिम्मा भएको प्रतिक्रिया दिएका हुन् ।

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले केसीको सबै माग पूरा गरेको दाबी गरे । उनले विधेयक संसदको दुवै सदनबाट पारित भएकाले बहस गरिरहनु औचित्य नरहेको स्पष्ट पारे । उनले प्रमुख प्रतिपक्ष कांग्रेसलाई संसदले पारित गरिसकेको विधेयकमाथि अनावश्यक बहस निकालेर संसद अवरोध नगर्न चेतावनी दिए

कांग्रेसले ‘पूर्व ताकेर पश्चिममा प्रहार’ गर्न खोजिरहेको मन्त्री बास्कोटाको भनाई छ । उनले केसीसँग गरिएको सहमतिअनुसार प्रधानमन्त्री केपी ओलीकै अगुवाईमा विधेयक संसदबाट पारित गरिएको स्पष्ट पारेका थिए । उनले एउटा व्यक्तिको मागलाई बोकेर संसद अवरोध गर्ने काम कसैले गर्न नहुने बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*