
जाडो मौसममा अधिकांश मानिसहरूले तातो पानीले नुहाउने गर्दछन् । तर यदि यो पानी ३२ डिग्री सेल्सियस भन्दा बढी तातो भएमा छाला र कपालको लागि नोक्सानदायक सावित हुनसक्छ ।
यदि जाडो मौसममा छाला र कपाललाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने बढी तातो पानीले नुहाउनु हुँदैन । चिकित्सकका अनुसार बढी तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् ।
जाडो मौसममा तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् ।
१-तातो पानीले नुहाउँदा छालामा रेडनेश, रेशेज र एलर्जीको समस्या हुनसक्छ ।
२-तातो पानीले छालालाई सुख्खा बनाउँछ । यसले स्किन इन्फेक्शनको खतरा बढाउन सक्छ ।
३-तातो पानीले कपालमा नकारात्मक असर पार्छ । यसले कपालको मोइश्चर कम हुन्छ, जसले कपाल रुखो र सुख्खा हुनसक्छ ।
४-तातो पानीले छालाको सुख्खापन बढ्छ । यसले चिलाउने समस्या हुनसक्छ ।
५-तातो पानीले नुहाउँदा आँखा सुख्खा हुन्छ । यसको कारणले आँखामा रातोपन, चिलाउने र पटक-पटक पानी आउने समस्या हुनसक्छ ।
६-तातो पानीले स्कल्प सुख्खा बनाउँछ । यस्तो अवस्थामा चायाँको समस्या बढ्न सक्छ ।
७-तातो पानीले हात र खुट्टाको नेल्समा नकारात्मक असर पार्छ । नेल्स भाँचिने इन्फेक्शन र वरिपरीको छाला फाट्ने समस्या हुनसक्छ ।
८-तातो पानीको कारणले छालाको टिश्यूज नष्ट हुनथाल्छ । यसकारणले कम उमेरमै चाउरीपनको समस्या उत्पन्न हुनसक्छ ।
९-तातो पानीको कारणले कपालमा चायाँको समस्या बढ्न थाल्छ । सुख्खा भईसकेको कपाल झर्ने एवम् टुट्ने समस्या बढी हुन्छ ।
१०-तातो पानीको कारणले छालाको मोइश्चर कम हुन्छ । यसले छालाको चमक कम हुनसक्छ ।
Be the first to comment