दाङ पुगेर महराले भने, चिकित्सा शिक्षा बिधेयकलाई आन्दोलनको विषय बनाउनु गलत

तुलसीपुर । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा बिधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् ।
रिपोर्टस् क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आइतबार विहान गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रिया पु¥याएर पारित भएको विद्येयकलाई आन्दोलनको विषय बनाउनु सहि मान्न नसकिने बताएका हुन ।

प्रतिपक्षको सहमतिमा समितिमा प्रयाप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अबरोध गराउन खोज्नु गतल भएको महराले बताए ।

‘चिकित्सा शिक्षा बिधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’ महराले भने ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’

Image may contain: 8 people, including Narayani Rajaure, people smiling, people standing
रिपोर्टस् क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उनले चिकित्सा शिक्षा बिधेयक आन्दोलनको बिषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे ।

फरक प्रसंगमा सभामुख महराले कर्मचारीकै कारण दाङको एकमात्रै विमानस्थल टरिगाउँ बिमान स्थलमा अस्थायी इन्धन डिपो आउन ढिलाई भएको बताए । । ‘अस्थायी ईन्धन डिपो ल्याउने भन्ने बिषयमा आयल निगमसँग मन्त्री र सचिबले तोक लगाइसक्नुभएको थियो’ महाराले भने ‘तर, कर्मचारीले त्यो फाईल गायब बनाएपछि ढिलाई भएको हो ।’

Image may contain: 2 people, including Sharad Regmi, people smiling, people sitting and indoor
तर, उनले पुनः दाङमा अस्थायी इन्धन डिपो ल्याउने प्रक्रिया शुरु भइसकेको जानकारी दिए । ‘अब इन्धन डिपो तत्कालै आउँछ,’ महराले भने ‘अब म कर्मचारी तन्त्रसँग सजग भइसकेको छु ।’

उनले विमानस्थलमा टर्मिनल भवन निर्माणको पक्रिया पनि अघि बढि सकेको जानकारी दिए । यसैबीच टर्मिनल भवनको सोमबार सिलन्यास गर्न लागिएको उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले जानकारी दिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*