दाहसंस्कार गर्नै लाग्दा एक्कासी प्रहरीले शव लियो नियन्त्रणमा, रहस्यमयिक यो घटनाले मच्चायो सनसनी

काठमाडौँ – दाहसंस्कारको तयारी गर्न लागिएको २० वर्षीया धनमतीदेवी महतोको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।दाहसंस्कार गर्न लागिएको उक्त शव नियन्त्रणमा लिई प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीका अनुसार मनरा सिस्वा नगरपालिका–८ की धनमतीदेवीको आशंकामा धनमतीका श्रीमान् र जेठानीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

माइतीपक्षले छोरीको हत्या भएको भनी जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको हो । धनमतीदेवीको घाँटीमा चोट तथा पाखुरामा नीलडाम देखिएकोले पतिले पासो लगाएर आत्महत्या गरेको बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*