दुई यौनाङ्ग भएकी महिलाका दुःखः दुई वटा पाइन्ट लगाउनुपर्थ्यो

निक्की दुई यौनाङ्ग लिएर जन्मेकी थिइन्। यसबाट उनले धेरै दुःख पाइन्। १७ वर्षकी भएपछि मात्रै उनले आफ्ना दुई योनी भएको थाहा पाएकी थिइन्। उनको महिनावारी असामान्यरुपमा लामो हुन्थ्यो। यसले गर्दा असैह्य पीडाबाट गुगज्रिनुपर्थ्यो। निक्कीले पटक-पटक गर्भपतन गराइन्। अन्ततः उनले शल्यक्रिया गरेर आफ्नो गर्भाशय नै हटाउनुर्‍यो। महिनाबारीका बेला निक्की केही पनि गर्न सक्दिन थिइन्। उनको महिनावारी नै सातदेखि २८ दिनसम्म चल्थ्यो।

‘एकपटक त ६ महिनासम्म निरन्तर रगत आइरह्यो। कयौंपटक म दुईवटा पाइन्ट लगाएर हिड्थेँ, किनकी सेनिटर नेपकिनले पनि एउटा सीमासम्म मात्रै काम गथ्र्यो,’ निक्कीले भनिन्। लगभग २० वर्षअगाडि निक्कीको भेट एन्डीसँग भएको थियो । सन् २०१४ मा उनीहरुले बिहे गरे । बिहेपछि दुवैलाई बच्चाको तिर्संना जाग्यो। निक्कीले भनिन्, ‘मैले तीनपटक गर्भपतन गराउनुपर्‍यो । जब मैले गर्भधारण गर्न चाहन्थेँ, गर्भपतन गराउनु परिहाल्थ्यो।

यस्तोमा मेरो शरीरको उर्जा सकिँदै गएको थियो भने मन निराशाले भरिएको थियो।’ विशेषज्ञहरुको भनाइ छ कि आनुवंशिक बिसंगतिका कारण दुई गुप्तांग हुनेगर्छ । अमेरिकाको मायो क्लिनिकका अनुसार गर्भाशयमा स्त्री भूण दुई साना ट्यूवहरु आपसमा मिलेर बन्छन् । तर, कहिलेकाहीँ यो प्रक्रिया अधुरै रहन्छ। ट्यूवहरु पूर्णरुपमा एकसाथ भएनन् भने दुई अलग-अलग संरचना विकसित हुन्छन् । कतिपय अवस्थामा एउटा एकदमै पातलो टिस्यू गुप्तांगमा विभाजित हुन्छ । यसको परिणामस्वरुप दुई गुप्तांग खुल्छन् । र दुई गर्भाशयसमेत हुन्छन्।

मायो क्लिनिकको वेबसाइटमा भनिएको छ, ‘दुई गर्भाशय भएका भएका महिला हत्पति आमा बन्न सक्दैनन् । गर्भधारण भएपछि पनि गर्भपातको आशंका हुन्छ । यस्तो अवस्थामा किड्नीसँग जोडिएका समस्याको पनि सामना गर्नुपर्छ।’ निक्कीले शल्यक्रियाबाट दुवै गर्भाशयलाई निकालिदिने निर्णय लिइन् । यसको मतलब अब उनी आमा बन्ने सम्भावना पूर्णरुपमा अन्त्य भएको छ । शल्यक्रियापछि आफू सामान्य गुप्तांग लिएर बाँचिरहेको निक्की बताउँछिन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*