नेपाललाई यूएईसँगको दुबै शृंखलामा जिताएर क्रिकेटर सन्दिप लामिछाने अस्ट्रेलियामा, मेलबर्न स्टार्सले गर्यो यसरी स्वागत

काठमाडौं – नेपाललाइ बिश्वसामु चिनाउन क्रिकेट खेलाडी हुन् सन्दिप लामिछाने । उनी आइपियल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।विश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आइपियल टि २० खेलेपछि उनी पुनः चर्चाको शिखरमा छन् । छोटो समयमा नै चर्चित बन्न सफल भएको सन्दिप लामिछानेले धेरै फ्यानहरु कमाइसकेका छन् ।

उनले आफ्नो प्रदर्शन र बलिङको मद्यतले नेपालको नाम थुप्रै पटक उच्चो पारिसकेका छन् । त्यस्तै उनी यसै वर्षदेखि अष्ट्रेलियाको घरेलु टी ट्वान्टी लीग बिग बाश लीगमा आवद्ध भएका छन् । उनी आफ्नो टीम मेलर्बन स्टार्सका तर्फबाट ४ खेल खेलेपछि बंगलादेश प्रीमियर लीग बीपीएल खेल्न बंगलादेश पुगे ।बीपीएल खेलिरहेका उनी नेपाल र यूएईबीच द्वीपक्षीय एकदिवसीय र टी ट्वान्टी शृंखला खेल्न दुबई पुगेका थिए ।

दुबईमा पनि उनले नेपाललाइ इतिहास रच्न महत्वपूर्ण योगदान दिए । अब भने उनी आगामी फेब्रुअरी ८ तारिखमा मा हुने खेलको लागी मेलबर्न स्टार्सका लागी अष्ट्रेलिया गएका छन् । अस्ट्रेलियातर्फ लागेका सन्दिपलाई उनको टिम मेलबर्न स्टार्सले स्वागत गरेको छ ।मेलबर्न स्टार्सले अझै राउण्ड रोबिन चरणका दुई खेल खेल्न बाँकी नै छ । यूएईसँगको दुबै शृंखला जितेको खुशी व्यक्त गर्दै सन्दिपले ट्वीटरमा अष्ट्रेलिया जान लागेको बताएका छन् ।सन्दिपको सोही ट्वीटको जवाफ दिँदै मेलबर्न स्टार्सले सन्दिपलाई स्वागत गरेको हो । मेलबर्नले सन्दिपलाई चाँडै भेट्ने भनेको छ । अब मेलबर्नले फेब्रुअरी ८ मा ब्रिस्बेन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्सविरुद्ध खेल्नेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*