नेपाली कामदारलाई शून्य लागतमा लैजान युएई र ओमन सकारात्मक

काठमाडाै‌ । नेपाली कामदारलाई शून्य लागतमा लैजान युएई र ओमन सकरात्मक देखिएको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिमण्डलसँगको भेटमा दुवै देशले कामदार लैजान सकारात्मक भएका हुन् । मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले दुवै देशसँग पहिलो चरणमा छलफल गरेको थियो ।यस्तै ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा विदा दिनुपर्ने माग राखिए को छ ।

छलफलमा दुवै देशलाई नेपालले शून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन पर्ने, न्युनतम तलव सुविधाको प्रत्याभूति गर्नुपर्नेको प्रस्ताव गरेको थियो । महिला कामदारको हकमा विशेष व्यवस्था गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिण्डिकेट हुन नहुने जस्ता शर्त श्रम समझदारीमै उल्लेख गर्नुपर्नेमा नेपाली पक्षले जोड दिएको छ ।नेपालले उठाएका प्रायः सबै विषयमा ओमानी पक्षबाट सकारात्मक धारणा व्यक्त भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*