नेपाली चेली परिवारसँग बिछोडिएर दुबइ पुगिन्, १२ वर्षपछि यसरी भयो पुनर्मिलन

काठमाडौं। ४ सन्तानका मातापिता नेपालकी मन्जु र भारत गुजरातका सतीष राठोरको यही सोमबार १२ वर्षपछि पुनर्मिलन भएको छ । उनीहरुको गुजरातको पाटडीमा रहेको श्रशिक्ति देवी मन्दिरमा पुनर्मिलन् भएको हो । उनीहरुको पुनर्मिलनको कहाी कुनै फिल्मी कहानीभन्दा कम छैन । १२ वर्षअघि मन्जु जेठानीसँग झगडा भएपछि घर छाडेर गएकी थिइन् । त्यतिबेला पाटडी सुरेन्द्रनगरमा फोन–इन्टरनेटको सुविधा थिएन । त्यसैले पति पत्नीको सम्पर्क हुन पाएन।

जेठानीसँग झगडापछि खिन्न भएर हिँडेकी मन्जु सुरुमा नेपाल आइन् । त्यसपछि साउदी अरब र दुबइमा घरेलु कामदारको रुपमा काम गरिन् । दुई महिना अगाडिदेखि उनी इन्टरनेटको माध्यमबाट पति सतीषलाई खोजिरहेकी थिइन् । दुई महिनासम्म खोजी जारी रह्यो तर उनले सतीषलाई भेट्न सकिनन् । यही क्रममा उनलाई याद आयो कि उनी पति र ४ सन्तानसँग जहाँ बस्थिन् त्यहाँ एक देवी मन्दिर थियो । इन्टरनेटमा मन्दिरबारे खोजी गर्दा मन्दिर व्यवस्थापकको नम्बर भेटियो । उनले व्यवस्थापकसँग सम्पर्क गरेर सहयोग मागिन् । व्यवस्थापकको सहयोगमा मन्जुको पति र आफ्ना तीन सन्तानसँग पुनर्मिलन सम्भव भयो।

मन्न्जु नेपाली हुन् र उनका पति गुजराती हुन् । २५ वर्ष पहिले राजकोटमा मजदुरी गर्ने क्रममा यी दुई सम्पर्कमा आएका थिए । उनीहरुबीच प्रेम भयो र उनीहरुले विवाह गरेका थिए । पत्नीसँग बिछोडिएको यो अवधिमा सतीषले आफ्नी छोरीको विवाह समेत गरिदिएका छन् । सतीष पत्नी मन्जुलाई निकै प्रेम गर्छन् । सतीषका अनुसार जेठानीसँग झगडा गरेर मन्जु नेपाल गएपछि परिवारले उनलाई दोस्रो विवाह गर्न दबाब दिएका थिए । विवाहको लागि कैयौं केटीहरु पनि देखाइयो तर उनले अस्वीकार गरे ।

यो अवधिमा सतीषले सक्दो मेहनत गरेर छोराछोरीलाई पढाए । जेठी छोरी किरणको विवाह पनि गरिदिए । सतीषका अनुसार उनलाई ढिलै भए पनि मन्जुसँग पुनर्मिलन हुने विश्वस थियो र अहले त्यो विश्वास सत्य सावित भएको छ । मन्दिरका व्यवस्थापक रसिकभाइ पटेलका अनुसार २ महिनाअघि उनलाई मन्जुको फोन आएको थियो। मन्जुले बताएको विवरणअनुसार सतीषलाई खोज्न उनलाई २० दिन लाग्यो । त्यसपछि उनले फोनमा कुरा गराए । अन्ततः १२ वर्षको वियोगको सुखद् अन्त्य भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*