नेपाली बिद्यार्थीले बनाएको बिश्वकै यो नमुना कार मलेसियामा प्रर्दशन गरिने…

काठमान्डौ , नेपालमा नै बिद्यार्थीहरुले गाडी बनाएका छन् । काठमाडौ विश्वविद्यालयको अटोमोवाईल्स विभागमा अध्ययनरत विद्यार्थीहरुले सो गाडी बनाएका हुन् । उक्त गाडी मलेसियामा हुने सेल ईको म्याराथुन एसिया २०१९ मा प्रर्दशन हुने छ । नेपालमा तयार भएको गाडी अन्तराष्ट्रियस्तरमा प्रर्दशन गर्न पाउनु ठुलो गौरवको बिषय भएको मेकानिकल इन्जिनियर विजेन्द्र श्रेष्ठले बताए । उनले भने ‘विद्यार्थीहरुले तयार गरेको गाडीलाई अन्तराष्ट्रियस्तरमा देखाउन पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’‘विद्यार्थीहरुले अध्ययन मात्रै गर्दैनन, अध्ययन गरेको विषयलाई ब्यवहारमै उतार्न सक्छन’।

दशै अघिदेखि सुरु भएको गाडी अहिले पुर्णरुपमा तयार भएको हो । २०१६ देखि शुरु भएको अभियानमा काठमाडौ विश्वविद्यालय सफल नभए पनि २०१८÷२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने अवसर प्राप्त गरे को प्रोफेसर डा. डेनियल तुलाधारले बताए ।विदेशबाट मात्रै गाडीहरु ल्याउने होईन नेपालमै त्यसको उत्पादन गर्न सम्भव छ भन्ने सन्देश दिन र त्यसलाई ब्यवहारमा उर्तान विद्यार्थीहरुले सहयोग पु¥याउन सक्ने टिमका संयोजक थापाको दाबी छ ।गाडी निर्माणका लागि बिद्यार्थीहरुलाई विश्वविद्यालयको अटोमोवाईल्स विभागले सहयोग गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*