प्रचण्डकाे विज्ञप्तिपछि असन्तुष्ट बनेका अमेरिकी राजदुत सरकारले बोलाएको ‘कूटनीतिक ब्रिफिङ’मा आएनन्

काठमाडौं । सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत र्‍याण्डी बेरी आएनन्। भनेजुएलाको राजनीतिक संकटका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कूटनीतिक छलफलमा काठमाडौंस्थित अमेरिकी दूतावासबाट राजदूतको सट्टा उपनियोग प्रमुख उपस्थित भएका थिए । करिब तीन घण्टा भएको छलफलमा अमेरिकी प्रतिनिधि भने डेढ घण्टासम्म मात्र बसेका थिए।कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा सहभागी थिए। यो खबर आजको राजधानी दैनिकमा छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*