प्रहरीको घेरा तोड्दै नुवाकोटमा काङ्ग्रेसी बिधार्थीहरुको मसाल जुलुस

विदुर । प्रहरीको घेरा तोड्दै बुधबार साँझ नुवाकोटमा काङ्ग्रेसी बिधार्थीहरुले मसाल जुलुस र कोणसभा गरेका छन ।केन्द्रीय कार्यक्रम अनुसार नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेको नेतृत्वमा विदुर नपा–१ ढुङ्गेबाट निस्किएको मसाल जुलुसले सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरा तोड्दै विदुरचोक स्थित लोकतान्त्रिक चौतारासम्म र्याली सहित कोणसभा गरेको हो ।

प्रहरीले मसालजुलुस रोक्नको लागी दमन र धरकपड गरेपनि आफुहरुले सफल रुपमा मसाल जुलुस प्रदर्शन गरेको नेबिसंघ नुवाकोटका सचिव शंकर पाण्डेले जानकारी दिए ।

जुलुसको समापन कार्यक्रममा सहभागी काँग्रेस नुवाकोटका नेताहरुले अहिलेको माग सम्बोधन गर्नुको विकल्पमा अधिनायकवाद भित्र्याउन मात्र केन्द्रित भएकाले त्यसको विरुद्धमा घोषित केन्द्रीय कार्यक्रमलाई चर्काएर ओली सरकारलाई घुडा टेकाउन बाध्य हुने चेतावनी दिएका थिए ।

बिरोध र्यालीमा त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसका स्ववियु सभापति पारस अधिकारी, सचिव पंकज रोका, नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाई अध्यक्ष अनिल ढकाल, सचिव रबिन दाहाल, नेविसंघका नेताहरु नमराज सुवेदी, सरोज लामा, सुशन थपलिया, गोबिन्दराज कट्टेल, परिबेश बडाल, इश्वर अर्याल, किशोर अर्याल, अर्जुन कोइराला, सरोज थापा लगायतको सहभागिता रहेको थियो ।

यस्तै, र्यालीमा सहभागीले धादिङ र गोरखामा निर्माण गर्न लागिएको बुढीगण्डकीलाई राजनीतिकरण गरेर बन्न नदिने षडयन्त्र गर्दै आएको, सदनलाई रणभुमी बनाएको, आएको हावाइ जहाँज पंखा, पुच्छर सबै चपाएर पानी जहाँआजको सपना बाँडेको, राष्ट्रपतीलाई डेढ अरवको हेली र अठार करोडको गाडी खरिद गर्ने तर, बृद्ध नागरिकलाई ५–५ हजार हात–हातमा पुर्‍याउने भनी झुक्याएको, अघिल्लो सरकारले १० प्रतिशत काम बाँकी राखेको मेलाम्ची कमिसनको चक्करमा ढिलाई गरेको, स्वास्थ्य सेवा माफियालाई बुझाएको, काठामाण्डौंमा आफ्नै अगाडिको खाल्टा–खुल्टी पुर्न नसकेर जनाताको ज्यान लिदै आएको पानी जाहाज र घर घर मा ग्याँसको पाइप जोडिदिने फाईफुट्टी देखाएर झुक्याएको, हत्या–बलत्कारिका मतियारलाई तक्मा दिने काम गरेको, सनम साक्यका हत्यारा बाट पैसा खाएर केसनै सामसुम पारेको, प्रमुख प्रतिपक्षको लिडरको नुपस्थितिमा सँबैधानिक आयोगहरु बनाएको लगायतको आरोप लगाएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*