फेरी अर्को दुखद खबर भेरीमा अमिना बुढा मगरको

दुनै, डोल्पा : डोल्पामा गत १९ गते भएको जिप दुर्घटनापछि बेपत्ता २२ वर्षीया अमिना बुढा मगरको सातौँ दिनसम्म अत्तोपत्तो छैन । दुर्घटनामा परेको जिप भेरीमा खसेपछि बेपत्ता अमिनाको खोजी गरिरहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले सातौँ दिनमा पनि शव भेट्टाउन नसकेको हो ।काठमाडौँबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले अमिनाको लगातार खोजी गर्दा पनि उपलब्धी हासिल गर्न नसकेको हो । ‘पानी अतिचिसो छ, करेण्ट नै लाग्छ’, गोताखोर टोलीका एक सदस्यले भने, ‘अक्सिजनको सिलिण्डरले भनेअनुसार काम नगर्ने भएकोले खोजीमा समस्या भएको छ ।’

हरेक दिन बिहानदेखि साँझसम्म भेरीमा गोताखोर, अन्य सुरक्षाकर्मी र आफन्तले खोजी गरेपनि अत्तोपत्तो नभएको अमिनाका आफन्त चन्द्र बुढाले जानकारी दिए । निरन्तर खोजीमा लागिरहेको गोताखोर टोलीले पनि फेला पार्न नसकेपछि दुखी बनाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।पानी अत्यधिक चिसो भएका कारण खोजीमा कठिनाई भएको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले बताए । कात्तिक १९ गते दुनैबाट १२ यात्रु र १ चालकसहित गुडेको भे १ च १६१० नम्बरको जिप कालागौडको बतासे डाँडानजिकै भेरीमा खस्दा १० जनाको घटनास्थलमै ज्यान गएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*