बिहेमा आफुले भनेजस्तो गित नबजाउँदा खुकुरी हानाहान

ताप्लेजुङ , ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गए राती बिहेमा आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार भएकाे छ । खुकुरी प्रहार बाट पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हूँदा खुकुरी हानाहान भएकाे थियाे । स्थानीय युवा बिश्व सेङदान, सरोज सेङदान र मिखे तामाङ लगाएत ४/ ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका कर्ण बहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । उता नुवाकोटकी ६५ बर्षीया महिला त्रीशुली नदिको किनारमा मृत फेला परेकी छिन । तार्केश्वर गाउँपालिका-२ टापुस्थित त्रिशुली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला सोमबार दिउसो मृत अवस्थामा फेला परेकी हुन्।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*