ब्रेकिङ्ग: म्याक्सिकोकी सुन्दरीले जितिन मिसवल्ड २०१८ को ताज

२२ मंसिर, काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् ।

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै मेक्सिकाेकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् ।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट लार्इ उपाधि विजेता घाेषणा गरेका थिए ।

युगाण्डाले मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए ।

unn.prixa.net

त्यस्तै थाइल्याण्ड की प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।

नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।

किन भइन  टप १२ बाटै आउट भईन शृंखला खतिवडा

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भए पछि उनको यात्रामा विराम लागेको हो।

चीनमा केही बेरअघि उत्कृष्ट १२ मा परेपछि उनले आफ्नो घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन्।

उनी दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन्। शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छन्।

उनले साथ र सहयोगका निम्ति नेपाल र समर्थकलाई धन्यवाद दिएकी छन्। धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएको पाइयो।

कैयौं प्रशंसकले उनले उपाधि जिते पनि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकेको’ प्रतिक्रिया दिएका थिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*