भरतपुर महानगरका पूर्व कर्मचारी डिला खरेलको घोषणाः सबै तलब रगंशाला निर्माणलाई सहयोग गर्ने

माघ १७, चितवन। तत्कालिन भरतपुर नगरपालिकाका पूर्व कर्मचारी डिला खरेलले चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सबै तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

हाल अष्ट्रेलियामा रहेका खरेलले नगरपालिकाको कर्मचारी हुँदा लिएको सबै तलब रकम रगंशाला निर्माणलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भरतपुर महानगरपालिका–५ निवासी खरेलले सन् २००२ देखि २००५ सम्म भरतपुर नगरपालिकामा (ना. सु.) कम्प्युटर अपरेटरको रुपमा काम गरेका थिए । यी तीन वर्ष अवधिमा लिईएको तलब रगंशाला निर्माणका लागि खरेलले सहयोग गर्न लागेका हुन् ।

अष्ट्रेलियाबाट नारायणी अनलाइनसंग कुरागर्दै खरेलले भरतपुर महानगरपालिकासंग लिएको तलवको एकिन तथ्यांक आफुले इमेल मार्फत जानकारी माग गरेको र विवरण प्राप्त भएपछि नेपालमै आएर धुर्मुस–सुन्तली फाउण्डेशनलाई सो रकम हस्तान्तरण गर्ने जानकारी दिए । उनका अनुसार नगरपालिकामा काम गर्दा मासिक ४ हजार एक सय र केही समय ४ हजार ९ सयको दरले तबल प्राप्त गरेको बताए । तर महानगरपालिकाबाट एकिन विवरण प्राप्त गरेपछि सहयोग हस्तान्तरण गर्ने बताए ।

परोपकारी कामहरुमा आफुलार्इ समाहित गर्दै आईरहेका खरेलले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको तराइको मुसहर बस्ती निर्माणका लागि पनि केहि वर्ष अगाडी रु १ लाख सहयोग गरेका थिए । यस्तै उनले आफु पढेको विद्यालय विश्व प्रकाश उच्च मा. वि. मंगलपुरमा इ–लाइव्रेरी निर्माणार्थ रु २ लाख समेत सहयोग गरेका थिए ।

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया पुगेका खरेल युवा व्यवसायी हुन् । अस्ट्रेलिया र नेपालमा लेखा, कर, वित्तीय र शैक्षिक परामर्श सम्वन्धि सेवाप्रदान गर्ने व्यवसाय इनोभेटिभ एसोसिएट्सका प्रवन्ध निर्देशक खरेल विगत १२ वर्षदेखि अस्ट्रलियामा बसोबास आएका छन् ।

भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच बुधबार चितवनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएसंगै सहयोग रकम उठ्ने क्रम सुरु भएको छ । रगंशाला घोषणा कार्यक्रममै बुधबार झण्डै पाँच करोड रुपैयाँ प्रतिवद्धता आएको थियो ।

फाउण्डेशनले भरतपुर–१६ स्थित रामपुरमा रहेको २० विघा ६ कठ्ठा क्षेत्रफलमा मौलिक खालको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो । यो रगंशाला शिलन्यास भएको बढिमा २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने फाउण्डेशनले जनाएको छ । नारायणी अनलाइनबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*