महिलालाई किन बढी हुन्छ हिस्टेरिया, कस्तो स्वभावकालाई धेरै ? यस्तो छ उपचार विधि

जेन्सी । हिस्टेरिया विभिन्न प्रकारका हुन्छन् । यो मानव स्वास्थ्यमा एक जटिलता बनेर आएको छ । हिस्टेरिया महिलालाई धेरै हुन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो ।दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे ।वर्षौंसम्म यो समस्यालाई यसै गरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।

किन हुन्छ हिस्टेरिया ?
– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।– पढाइलेखाइको तनाव ।
– पारिवारिक तनाव ।– नाता सम्बन्धको तनाव– आर्थिक तथा सामाजिक तनाव– प्रतिस्पर्धाको तनाव– कामनापूर्ति नहँदाको तनाव– इज्जत प्रतिष्ठाको तनाव आदि ।– यौनसम्बन्धी समस्याहरूले तनाव– सङ्कीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*