यसकारण मानिसको लागी अमृत समान हुन्छ प्याज जानी राखौ काम लाग्छ !

स्वास्थनै मनिसको घन हो तेसैले जरी हामि धनको सुरक्षा गर्दछौ तेसै गरी स्वास्थको पनि गर्नु आबश्यक छ । दैनिक जिवनमा प्रयोग हुने काँचो प्याज खानमा मात्र मिठो नभइकन स्वास्थ्यमा पनि धेरै फाइदा हुने तथ्य सार्बजनिक भएको छ । प्याजलाई हामी प्रयोग गरि रहेका हुन्छौ । प्याजमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ ।

१. मुटु स्वस्थ राख्ने:- रातो प्याजमा पाइने फ्लेभोनोइडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा ओर्ग्यानोसल्फर पनि अत्यधिक पाइने भएकाले मुटु रोगबाट लड्न सहयोग गर्छ । अर्जेन्टिनामा भएको एक शोधका अनसार प्याजमा पाइने ओर्ग्यानोसल्फरले हृदय रोगको समस्यालाई टाढै राख्छ । प्याजमा हुने थियोसल्फिनेट तत्वले रगतलाई प्राकृतिक रुपमा पातलो बनाएर हृदयघातबाट जोगाउँछ ।

२. क्यान्सरसँग लड्ने:- युनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको क्यान्सरलाई नष्ट गर्न सहयोग गर्छ । यसमा क्वेरसेटिन र एन्थोसायनिन तत्व अत्यधिक पाइने हुनाले क्यान्सरको जीवाणुलाई नष्ट गर्छ ।

३. रगतमा चीनिको मात्रा घटाउने:- प्याजमा पाइने सल्फर (एस–मिथाइलसिस्टेन) र क्वेरसेटिनले रगतमा चीनिको मात्रा कम गर्न सहयोग गर्छ । यद्यपी, प्याजलाई नियमित रुपमा मधुमेहको औषधीसँगै खाँदा मात्र यसले प्रभावकारी ढङ्गले काम गर्छ ।

४. पाचन क्रिया मजबुत बनाउने:– प्याजमा पाइने इनुलिन नामको फाइबरले पाचन क्रियालाई बलियो बनाउने काम गर्छ । इनुनिलले आन्द्राका लागि आवश्यक ब्याक्टेरिया पैदा गर्दछ । यो फाइबर खाँदा यसले शरिरमा स्वस्थ ब्याक्टेरियाको स्तरलाई कायम राख्न सहयोग गर्छ ।प्याजमा पाइने अर्को प्रकारको फाइबर – ओलिगोफ्रुक्टोसले विभिन्न प्रकारको झाडालाई निको पार्ने क्षमता राख्छ ।

५. रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्ने:- प्याजमा सेलेनियम हुन्छ जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा पाइने मिनरलले पनि रोगबाट लड्ने क्षमता प्रदान गर्छ । प्याजलाई रसियामा रुघा खोकी लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।

६. स्वस्थ यौन स्वास्थ्य राख्ने:– पश्चिमी युगान्डामा प्याजलाई बाँझोपन र इरेक्टाइल डिस्फक्सनमा उपचारका लागि प्रयोग गरिन्छ । प्याजले विशेषगरी पुरुषलाई फाइदा गर्ने बताइएको छ । प्याजको रसमा मह मिसाएर पिउँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्दछ ।

७. निन्द्रामा सुधार:- प्याजमा प्रोबायोटिक हुन्छ जसले निन्द्रामा सुधार र तनाव कम गर्ने अनुसन्धानले बताएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*