यस्ता संकेत देखिन्छन् भन्ने जान्नुहोस् यो तपाईको पुनर्जन्म हो

धेरैपटक तपाईसँग यस्ता यस्ता घटना या आदत जोडिएका होलान्, जसको तपाईंको सामान्य जिन्दगीसँग कुनै सम्बन्ध हुँदैन। तपाईं र तपाईंको साथमा भएका व्यक्ति पनि यस्ता कुराबारे आश्चर्य व्यक्त गर्छन् कि आखिर यस्तो के भयो ? सायद तपाईलाई यकीन नहोला, तर यो तपाईंको पूर्व जीवनसँग जोडिएको हुन सक्छ।

आत्मा तथा पुनर्जन्म
त्यसो त आत्मा र पुनर्जन्मको कुरा अहिले पनि रहस्यकै विषय छ । एकपटक तपाईले यो कुरा मान्नुभयो भने तपाईलाई यकीन हुनेछ कि तपाईको आत्माले पुनर्जन्म लिएको हो । तपाईले आत्माले यो भन्दा पहिले पनि जन्म लिएको भए त्यसका केही लक्षण हुन्छन् । यहाँ हामीले केही लक्षणबारे उल्लेख गरको छौं, जसले संकेत गर्छन् कि तपाईंको आत्माले यसअघि पनि जन्म लिइसकेको छ ।

अनजान भय
यदि तपाईलाई कुनै कुराले धेरै डर लाग्छ तर आश्चर्यजनक रुपमा तपाईको वर्तमान जीवनसँग त्यो कुराको कुनै सरोकार हुँदैन त्यो तपाईको पुनर्जन्मको लक्षण हो । जस्तै तपाई धेरै उचाई, आगो, पानीसँग सम्बन्धित कुनै घटना घटेको हुँदैन । तर तपाई ती चीजसँग आवश्यकताभन्दा धेरै डराउनुहुन्छ भने यो तपाईको आत्माले यसअघि जन्म लिइसकेको संकेत हो ।

एउटै सपना धेरैपटक देखिनु
यदि तपाईलाई प्राय एउटै सपना धेरैपटक देखिन्छ भने यसको नाता तपाईको पूर्वजन्मसँग हुन सक्छ । सपनामा देखिने व्यक्तिलाई तपाईले यो जीवनमा देख्नुभएको छैन, तर पनि परिचित जस्तै लाग्छन् भने यो पक्का तपाईको पुर्वजन्मसँग जोडिएको रहस्य हो ।

कुनै अपरिचित व्यक्तिसँग पहिलो भेटमै घनिष्ट हुनु
हुनसक्छ कि तपाई कुनै व्यक्तिलाई पहिलोपटक भेट्नुभयो । तर त्यो व्यक्तिलाई पहिलेदेखि नै चिनेको जस्तो लाग्न सक्छ। एक अजीव प्रकारको आफ्नोपन त्यो व्यक्तिसँग तपाईंले महशुष गर्नसक्नुहुन्छ । यसको मतलव पनि तपाईको पूर्वजन्मसँग जोडिएको हुन्छ ।

कुनै चीजलाई धेरै चाहनु
तपाई कुनै चीजप्रति धेरै नै आकर्षित हुनु, त्यो चीज प्राप्तीका लागि धेरै जोडबल गर्नु पनि पूनर्जन्मको संकेत हो । बाटामा भेटिएका अनाथ बालबालिका, अपाङ्ग व्यक्ति देख्नेवित्तिकै आफन्तजस्ता लाग्नु तथा उनीहरुका लागि तपाईको मनमा दयाको भावना पलाउनु पनि पुनर्जन्मको संकेत हुनसक्छ।

पूर्वजानकारी हुनु
तपाईंले धेरै व्यक्ति यस्ता पनि भेट्नुभएको होला, जो भन्छन् कि कुनै नराम्रो घटना हुन लागेको संकेत उनीहरुलाई पहिले नै थाहा थियो। केही व्यक्ति यस्ता पनि हुन्छन् जो ‘केही नराम्रो हुँदैछ’ भन्दै डराउँछन्। यो उनीहरुले झुटा कुरा गरेका हैनन्। किनकी उनीहरुको यो डर धेरैपटक सही पनि सावित हुन्छ।

तपाईंले त्यस्ता बालक पनि देख्नुभएको होला, जो कम उमेरमै धेरै परिपक्व कुरा गर्छन्। उनीहरुको काम गर्ने तरिका अनुभवी व्यक्तिको जस्तै हुन्छ। कतिपय अवस्थामा ती बालबालिकाहरुले बृद्ध व्यक्तिको भन्दा पनि राम्रो सल्लाह दिन सक्छन्। त्यस्तो यसकारण हुन्छ कि उनीहरुको भित्र प्रोढ आत्मा हुन्छ। सीधा भन्नुपर्दा उनीहरुको यो अर्को जन्म हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*