यि मन्त्रीको यस्तो बयान : प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीती छोडेपछि म पनि छोड्छु !

काठमाडौं । भारतीय राजनीतीमा नयाँ तरङ्ग उत्पन्न भएको छ । भारतमा लोकसभा निर्वाचन नजिकिदैं गरेको अवस्थामा केन्द्रिय मन्त्री स्मिृत इरानीको एक घोषणाले भारतीय राजनीति तातिएको छ । उनले एक कार्यक्रममा बोल्दैं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राजनीतिबाट सन्यास लिएपछि आफुले पनि लिने बताइन् । उनको यो बयानसँगैं उनको र मोदीको सम्बन्धलाई लिएर चर्चा सुरु भएको छ । भारतीय फेसबुक प्रयोकर्ताहरुले प्रेममा ताजमहल नैं बनाउँनुपर्छ भन्ने हुँदैंन एउटा मन्त्री पद काफि हुन्छ भन्दैं ब्याङ्ग्य गरेका छन ।

लामो समय टेलिभिजन सिरियलमा काम गरेकी इरानी बेलाबेलामा चर्चामा आइरहेकी हुन्छिन् । उनले दिने बयानका कारण उनी चर्चामा रहने गरेकी छिन् । उनलाई सोधिएको एक प्रश्नमा आफु भारतीय कांग्रेस राष्ट्रिय अध्यक्ष राहुल गान्धीका विरुद्ध निर्वाचनमा जाने कि नजाने भन्ने कुरा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित साहको हातमा रहेको बताइन् । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*