युएइ मिडिया भन्छन, एसियन कप फुटबलको उपाधि जापानले हार्नु दुर्भाग्य

काठमाडौं । कतारले एसियन कप फुटबलको उपाधि हात पारेपछि युएइका मिडियाले जापानले दुर्भाग्यपूर्ण तरिकाले हारेको बताएका छन् । युएइ र कतार बीचको राजनैतिक विवाद खेल क्षेत्रमा समेत देखा परेको छ । यस अघि युएइले कतारी समर्थकलाइ रंगशालामा प्रवेश रोक्न पुरै टिकेट आफैले किनेको थियो। यसअघि कमजोर देखिएको कतारले शुक्रबार युएईमा भएको फाइनल खेलमा जापानलाई ३-१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधिका लागि जापानको तर्फबाट खेलको १२ औं मिनेटमा अलमोइज अलीले एक गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएको थियो । त्यसपछि २७ औं मिनेटमा अब्दुल अजिजले गरेको गोलसँगै कतारले दोब्बर अग्रता बनायो ।

पहिलो हाफमा गोल गर्न नसकेको जापानले ६९ औँ मिनेटमा मिनामिनोको एक गोलबाट आश त जतायो तर कतारले फेरि ८३ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै अक्राम अफिफले गोल गरे । त्योसँगै कतारले ३-१मै आफ्नो जित सुरक्षित गर्याे ।

गोल्डेन बुट

सन् १९९६ मा एसियन कपको एउटै संस्करणमा ८ गोल गरेर गोल्डेनबुट जितेको इरानका लेजेण्ड अली दाइको रेर्कड तोड्दै कतारका २२ वर्षीय अलमोइज अलीले गोल्डेन बुट जितेका छन् । उनले यस संस्करणमा ९ गोल गरेपछि गोल्डेन बुटको हक बनाएका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*