लामो दुरीका सार्वजनिक यातायातमा अनिवार्यरुपमा २ चालक राख्नुपर्ने

बढ्दो सवारी दुर्घटनामा वृद्धि भएपछि लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा अनिवार्य दुईवटा चालक राख्नुपर्ने भएको छ ।प्रहरी प्रधान कार्यालयले एक कार्यक्रमका बीच राजधानीको नागढुङ्गामा लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिन तयार गरिएको ट्राफिक कम्युनिकेशन एप्लिकेसनको उद्घाटन गरेको हो।एप्लिकेसनको उद्घाटन गर्न पुगेका प्रहरी नायव माहानिरिक्षक पुर्णचन्द्र जोशीले दुर्घटनामा वृद्धि आएपछि कडाईका साथ लामो दुरीका शार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको मनिटरिङ्ग गर्न ट्राफिक कम्युनिकेशन एप्लिकेसनको विकास गरिएको बताए ।

उनले भने आजैबाट कामको थालनी गरेका छौ,कसैले यात्रुहरूको संवेदनशीलता माथी खेलवाड गर्छ र यात्रुवाहक सवारीमा चालक परिवर्तन गर्न मान्दैनन् भने तुरुन्त कारबाही गर्छौ ।’कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्थले लामो दुरीका यात्रुवाहक शार्वजनिक सवारी साधनका चालकहरूले चेकिङ स्थलमा फोटोसहित सवारी साधनको नम्बर सहितको विवरण दिए पछि जुनसुकै स्थान वाट पनि चेकिङ गर्न सकिने बताए । यात्रुहरूलाई चालकहरूले सुरक्षित स्थान सम्म आरामदायिक तवरले पुर्यावस भने हेतुले ट्राफिक कम्युनिकेशन एप्लिकेसनक फलदायी हुने बताए ।

राजधानीबाट छुटने लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिन तयार गरिएको ट्राफिक कम्युनिकेशन एप्लिकेसन राजधानीको नागढुङ्गा,वाँकेको कोहलपुर सिराहाको मिर्चैया र गोरूसिङ्गेमा चेकजाँच गर्ने व्यवस्था गरिएको हो । चालक परिवर्तन नभए १ हजारसम्म जनिवाना हुने छ ।कासवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को १०४ लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तीमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ६ घण्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुने व्यवस्था छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*