विशिष्ट व्यक्ति र नेताको सुरक्षामा अनावश्यक खटिएका २ सय ८० अंगरक्षकलाई फिर्ता बोलाइने

काठमाडौं । नेपाल प्रहरीले विशिष्ट व्यक्ति र नेतालगायतको सुरक्षामा खटिएका २ सय ८० जना अंगरक्षकलाई फिर्ता बोलाएको छ ।प्रहरीले अनावश्यक रुपमा बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकारीसँगै नेताहरुको सुरक्षामा रहेका २ सय ८० जनालाई फिर्ता बोलाएको हो । सुरक्षा ‘थ्रेट’ समेत नभएको अवस्थामा प्रहरी बोकेर हिड्ने प्रवृती बढेपछि प्रहरी प्रधान कार्याले सबैलाई फिर्ता बोलाइएको हो ।गत बैशाखदेखि पुससम्म बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरुसँग रहेका १ सय ६३ प्रहरी कर्मचारीहरुलाई फिर्ता बोलाइएको जनाएको छ ।

जसमा प्रहरी नायव निरीक्षक (सई) एकजना, प्रहरी सहायक निरीक्षक (असई) १६ जना,प्रहरी हवल्दार ४१ जना, प्रहरी जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जनालाई प्रहरी अधिकारीकै साथबाट फिर्ता बोलाइएको छ । उता प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण आतंक सिर्जना भएको बताएका छन् ।हेटौंडामा अख्तियारको २८ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले सरकारले लिएको समृद्धिको नारामा अख्तियारको कारण समस्या आएको भन्दै यसलाई आतंकको रुपमा लैजान नहुने बताए ।

आतंकका कारण समृद्धिका लागि दौडने काममा विश्राम सिर्जना हुने अवस्था आएको भन्दै समयानुकुल काम गर्दै अघि बढ्नु पर्ने मुख्यमन्त्री पौडेलले बताए । उनले भ्रष्टाचार गर्नेलाई कुनै हालतमा नछोड्ने भन्दै यसमा गल्ती भयो भनेर माफी नपाइने पनि जिकिर गरे । ‘सरकार प्रमुख हुँ, यहाँ सबै कुरा मान्य हुन्छ, बाहेक भ्रष्टाचार’ उनले भने ।केवल आर्थिक लेनदेन मात्र नभई भ्रष्टाचार हरेक क्षेत्रमा रहेको भन्दै उनले कार्यालय समयमा नआउने र विद्यालयमा अध्यापन समयमा उपस्थित नहुनु पनि भ्रष्टाचार भएको दावी गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*