वैदेशिक रोजगारीलाई सहज बनाउँदैं सरकार,पहिले काठमाडौं आउँनुपर्ने काम अब गाउँमैं हुने !

काठमाडौं । नेपालमा बढ्दो गरिबी र बेरोजगारीले गर्दा पछिल्लो समय कामको खोजिमा विदेश जानेहरुको संख्या बढ्देक्रममा रहेको छ । सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरिएको थियो । केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा सुरु भएको थियो । त्यसअघि कर्णली प्रदेश र सुदूरपश्चिमबाट पनि सेवा सुरु भएको थिए ।

सबै प्रदेशबाट वैदेशिक रोजगारीका सेवा सुरु भएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने बाध्यता अन्त्य भएको छ । प्रदेशबाटै सेवा सुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*