शिशुलाई स्तनपान गराउनुपूर्व नयाँ आमाले थाहा पाउनुपर्ने यी कुरा

आमा बन्नु संसारकै सबैभन्दा उत्कृष्ट अनुभुती हो । पहिलो पटक आमा बन्नेहरुका लागि त झन् यो अनुभुती कयौं गुणा बढि हुन्छ । यसका साथै पहिलो पटक आमा बन्नेहरुले विभिन्न प्रकारका समस्या झेल्नुपर्ने हुन्छ । शिशुको हेरबिचार, स्तनपान, सरसफाई, स्वास्थ्यलगायतका विभिन्न कुराहरु आमाको जीवनमा पहिलो पटक आउने गर्दछ । स्तनपान आमा र बच्चा दुबैका लागि विभिन्न कारणसहित लाभदायक हुन्छ ।

आमाको दुधमा बच्चाका लागि आवश्यक पौष्टिक तत्व पाइने गर्दछ जसले बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पुर्याउनुका साथै विकासमा सहयोग पुर्याउँछ । बजारमा पाइने खाद्य पदार्थको तुलनामा आमाको दुध पचाउन सजिलो हुन्छ र यसमा रोग प्रतिरोधी क्षमता पनि हुन्छ जसले तपाईंको बच्चाको प्रतिरक्षा प्रणालीको निर्माण गरेर यसलाई सुदृढ गर्न सहयोगी भूमिका खेल्दछ । स्तनपानका लागि अभ्यास आवश्यक छ र यसलाई एक दिनमा सिक्न सकिँदैन । यसका लागि निपुण हुन धैर्य गर्न सिक्नुपर्छ ।

आमाका लागि स्तनपान गराउनुका लाभः

गर्भावस्थामा तपाईंको बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्दछ ।

ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ ।

स्तन, गर्भासय क्यान्सरको सम्भावना पनि कम हुन्छ ।

बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ ।

बच्चाको वृद्धि विकासका लागि आदर्श सन्तुलित पोषण प्रदान गर्दछ ।

बच्चाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।

स्तनपानको सुरुवात वा स्तनपान सिक्नुः

तपाईंको बच्चाको जन्मपछि तपाईंको स्तनबाट गाढा पहेंलो पदार्थ निस्कने गर्दछ जसलाई कोलोस्ट्रम भनिन्छ । यसले तपाईंको बच्चालाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यदि तपाईं स्तनपानकाृे प्रूक्रिया सुरु गर्न असमर्थ हुनुहुन्छ भने चिन्ता नगरी अभ्यास र धैर्य गर्नुहोस् । तपाईं आफ्नो नर्ससँग स्तनपान गराउने सही तरिका र आफ्नो बच्चाको लेचिंग (चुस्ने) को सही विधि थाहा पाउनसक्नुहुन्छ । स्तनपान गराउँदा पीडा हुनुहुँदैन । जब तपाईंको बच्चाले दुध तान्न थाल्छ तब तपाईंको स्तनले आराम महसुस गर्दछ । यदि तपाईंलाई पीडा भइरहेको छ भने तपाईंले सायद सही तरिका अपनाउनु भएको छैन । सही तरिका अपनाउँदा पीडा र निप्पलको दुखाईबाट बच्न सकिन्छ ।

दुध खुवाउने तरिकाः

हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउनुहोस् । प्रत्येक स्तनबाट १० देखि १५ मिनेट दुध पिलाउनुहोस् । तपाईं जति स्तनपान गराउनुहुन्छ त्यति नै धेरै तपाईंको स्तनबाट दुध उत्पादन गर्न प्रोत्साहित हुन्छ । स्तनपान समयमा गराए कुनै पनि बच्चा झगडालु र उद्दण्ड हुँदैन ।

एक आरामदायी स्थिती प्राप्त गर्नुहोस्ः

तपाईं आफ्नो बच्चाका लागि एक आरामदायी स्थितीमा हुन आवश्यक छ । जसका कारण तपाईंको शिशुलाई पनि सुविधाको महसुस होस् । हात र पिठ्युँलाई सहारा दिएर बस्नुहोस् । यसो गर्नुभयो भने तपाईं चाँडै थाक्नुहुन्न र कुनै प्रकारको पीडा पनि महसुस हुँदैन । आफ्नो शिशुलाई स्तनको नजिक ल्याएर दुध खुवाउँदा तपाईंलाई कम्मर दुखेको महसुस हुनुहुँदैन । जब तपाईं बच्चालाई दुध खुवाउनु हुन्छ तब बच्चाको टाउकोलाई सहारा दिनुहोस् ।

स्तनपान प्रक्रियाः

आफ्नो लागि आरामदायी स्थिती प्राप्त गरेपछि आफ्नो अर्को हातको प्रयोग गरेर बच्चाको मुखलाई स्तन नजिकै ल्याउनुहोस् ।

आफ्नो बच्चालाई स्वभाविक रुपमा पर्याप्त मुख खोलेर स्तनको ठूलो भाग अरोला (निप्पलको वरिपरिको कालो भाग) लाई उनको मुखभित्र राखिदिनुहोस् ।

स्तन कोमल महसुस नभएसम्म आफ्नो बच्चालाई दुध पिलाउनुहोस् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*