शृङ्खला खतिवडाले मिसवल्ड जितुन वा नजितुन तर लाखौं नेपालीको मन जितिसकिन

बिबिसी, यतिबेला धेरैको कौतुहलता भोलि चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदारको रुपमा प्रतिस्पर्धामा छिन्।

प्रतियोगिताको नतिजा भोलि सार्वजनिक हुनेछ, तर त्यसअघि नै लाखौं नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन्।

विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन्। ट्वीटरमा सुशील रानाभाटले लेखेका छन्, “यसले केही फरक पार्दैन की शृङ्खलाले उपाधि जितुन् वा नजितुन्। उनले लाखौं नेपालीहरुको मन जितिसकेकी छन् र नेपाललाई विश्व सामू चिनाइसकेकी छन्। उनी अहिल्यै मिस वर्ल्ड भइसकेकी छन्। र, पनि शुभकामना।”

सम्झना घिमिरेले भनिन्, “अगाडि बढ शृङ्खला र उपाधि लिएर नेपाल आउ।”

विश्वास

प्रतियोगिताको पूर्वसन्ध्यामा लाखौं नेपालीहरूले उनले पहिलो नेपालीको रुपमा ‘विश्व सुन्दरी’ को ताज पहिरिउन् भन्दै शुभकामना दिइरहेका छन्।

उपाधिका लागि शुभकामना दिनेहरू उनलाई ‘आत्मविश्वास’ उच्च राख्न सुझाव दिन्छन्।

श्रृङ्खलालाई हौसला दिन उनका बुबा आमा सान्या पुगेका छन्।
विवेकले ट्विटरमा लेखेका छन्, “धेरै आशा छैन। तर हामी तिमी माथि विश्वास गर्छौं।”

शृङ्खलाको चर्चा त्यतिबेला चुलियो, जब उनले प्रतियोगिताको एउटा उपाधि ‘ब्युटी विथ पर्पोज’ जितिन्।

त्यसयता लगातार सामाजिक सञ्जालमा थप चर्चामा आएकी उनले मतको आधारमा पाउने अर्को उपाधि ‘मल्टी मिडिया अवार्डु जितिन् र प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरिन्।

शृङ्खलाको चर्चा चुलिनुको एउटा कारण आत्मविश्वासले भरिपूर्ण उनको हँसिलो मुहार भएको कतिपयले प्रतिक्रिया दिएका छन्।

सुझाव

उनलाई शुभकामना मात्र होइन प्रतिस्पर्धाको सामना गर्न कतिपयले सुझाव पनि उत्तिकै दिएका छन्।

सुदीप घिमिरे भन्छन्, “बलियो तर्क दिनुस् र त्यसलाई गतिलो उदाहरण सहित प्रमाणित गर्नुस्। जनता तपाईँको बहस सुन्न चाहन्छन्, तर लामो व्याख्या होइन। तर्कले तपाईलाई मिस वर्ल्ड बन्न सघाउनेछ।”

शृङ्खलाको भावी यात्राको लागि समेत कतिपयको सुझाव छ।

हंश जोशीले लेखेका छन्, “जसरी अहिले तपाईँलाई जिताउन सारा जनता लागिपरेका छन्, त्यसरी नै भोलिका दिनमा नेपाल र नेपालीसंगै रहेर काम गर्नु। सफलतापछि आफू मात्र बन्ने प्रवृत्तिको अन्त्य गर्नु। अग्रिम शुभकामना।”

शृङ्खलाको हौसला बढाउन उनका आमा र बुबा पनि चीन पुगिसकेका छन्।

भोली अन्तिम दिन हो

नेपाली समर्थकहरूको उर्लिंदो भीडको अपेक्षा देखिन्छ, भारतीय विश्व सुन्दरी मानुसी छिल्लारले मुस्कुराउँदै शृङ्खलाको शिरमा चम्किलो ताज पहिराउन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*