श्रीमतीलाई स्तन क्यान्सर भएपछि हुम्लाका यि दम्पत्ति परे ठूलो फर्सादमा, आर्थिक अवस्था कमजोर

काठमाडौँ । श्रृजना परियार र निम्सिगंले जिन्दगीमा कहिल्यै सोचेकै थिएनन् यसरी क्यासरजस्तो गम्भिर रोग लागेर काठमाडौँसम्म धाउनुपर्छ भनेर । श्रीमती श्रृजनालाई स्तन क्यान्सरको लक्षण देखिएपछि निम्सिगं केही वर्षदेखि उपचारका शिलशिलामा काठमाडौँको विर अस्पताल धाइरहेका छन् । घरमा सानासाना छोराछोरी छाडेर उनी पत्निलाई निको पारेरै छाड्ने धुनमा काठमाडौँको चिसो खाइरहेका छन् ।

तर विर अस्पतालका चिकित्सक र नर्सहरुको ब्यबहारले उनीहरु दुवैजना दिक्क भइसकेका छन् । हुम्लाबाट २ महिना अगाडी काठमाडौँ आएको यो जोडीको अधिकांश समय विर अस्पतालको प्रागंणमा नै साँझ के खाने र भोली अस्पतालमा तिर्ने पैसा कहाँबाट ब्यबस्था गर्ने भन्ने विषयमा सोच्दा सोच्दै दिन बित्ने गरेको यो जोडीले दुखेसो गरेका छन् । थप कुराकानी हेर्नुहोस् भिडियोमा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*