सभामुख महरा आज दाङ आउँदै

घोराही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा आज दाङ आउँदै छन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोली हुुन थालेको साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन महरा दाङ आउन थालेका हुन् ।

आज रोल्पा सुलिचौरमा आयोजित एक कार्यक्रममा सहभागी भएर महरा दाङ आउने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले चेतना अनलाइनलाई जानकारी दिए । महरा पर्सी आइतवार काठमाडौं फर्कने छन् ।

यहाँ रहँदा उनले अनौपचारीक रुपमा व्यक्तिगत भेटघाट तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको मल्लले जानकारी दिए । दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित महरा प्रत्यक महिना गृहजिल्ला दाङ आउने गरेका छन् । उनी दाङमा आएर यहाँको विकास निर्माण, मतदाताका समस्या लागयतका विषयमा छलफल गर्दै आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*