साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि निर्मला पन्तका आमाबुवा अनिश्चितकालिन धर्नामा

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्न सुरु गरेका छन् । हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले आजदेखि निश्चितकालिन धर्ना सुरु गरेका हुन् ।

‘अहिलेसम्म छोरीका हत्यारा सरकारले सार्वजनिक गरेको छैन’, ’धर्नामा बस्नु अघि बाबु यज्ञराजले भने, ‘यो धर्ना अनिश्चितकालिन हो, छोरीका हत्यारा सार्वजनिक नहुन्जेसम्म रोकिने छैन ।’ कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । उनले चौबीसै घण्टा आफू प्रशासनको गेट बाहिर धर्ना बस्ने बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*