हिरो प्रहरी जवानको ‘रि-इन्ट्रि’ , आइजिपीलाई पत्र लेख्दा जागिर चट् गरिएका प्रहरी जवानलाई पुनर्वहाली गर्न आदेश

काठमाडौं । प्रहरी सँगठन भित्र सुधारको आवाज उठाँउदा जागिर गुमाएका प्रहरी जवान दीपेन्द्र बहादुर चन्दलाई पुर्नबहाली गर्न अदालतले आदेश दिएको छ।उच्च अदालत दिपायलले जागिरबाट हटाइएका प्रहरी जवान दिपेन्द्र चन्द निर्दोस ठ हर गरेको छ। न्यायाधीशद्धय मुनेन्द्र प्रसाद अवस्थी र नसरुल्लाह अंसारीको संयुक्त इजलासले जागिरबाट हटाउने निर्णय बदर गरी, जागिरबाट हटाइएको मितिदेखी हालसम्मको सबै तलब, रासन, भत्ता र फ्री स्केलका लत्ताकपडा समेत दिइ प्रहरी जवान पदमा पुन र्वहाली गर्नु भनी परमादेश जारी गरेको छ।

प्रहरी जवान चन्दले सत्यमेव जयते भने झैँ अन्ततः सत्यको विजय हुँदा न्याय पाएको अनुभुति भएको बताएका छन्। प्रहरी सँगठन भित्र सुधारको माग गर्दै गत बैशाखमा चन्दले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई एउटा निवेदन पत्र लेखेका थिए।निवेदनमा प्रहरी सँगठन भित्र सुधारका बुँदाहरु समेटिएका थिए। उक्त पत्र पछि सामाजिक सञ्जाल फेसबुक तथा अनलाईन न्युज पोर्टलहरुमा भाइरल बन्न पुग्यो। पत्र सार्वजनिक भएपछि कैशालीका प्रहरी नायव उपरिक्षक विर बहाबदुर बुढामगरले प्रहरीको मर्यादा विपरित पत्र लेखे को भन्दै जवान चन्द माथि कुटपिट गरे।

तर, डिएसपी बुढामगरले चन्दले लगाएको त्यो आरोप सत्य भएको प्रस्ट्याएका छन् । जवान चन्दले न्याय माग्दा डिएसपीको कुटाई खानु परेको भन्दै प्रहरी महानिरिक्षक खवेन्द्र खनाल कहाँ धाए। तर , आईजिपीले पनि न्याय नदिएको चन्दको आरोप छ।त्यसपछि एसएसपीले पुनर्बहाली गरिदिन्छु मिलापत्र गर भनी आश्वासन दिएपछि जवान चन्दले जिल्ला अदालत कैलालीमा मिलापत्र गरे। मिलापत्र डीएसपी सँगको कुटपिट मुद्दामा भएको थियो। मिलापत्र गर्ने काम भएपछि एसएसपीले धोका दिएको चन्द बताउँछन्।त्यसको केहि दिनपछि चन्दलाई जिल्ला प्रहरी कार्यलय कैलालीले बर्खास्तीको पत्र थमायो।

चन्द भन्छन्, ‘कुटपिट गर्ने डिएस्पीमाथि कारबाहि हुनुपथ्र्यौ तर उनलाई बचाउन मलाई बलिको बोको बनाइयो। एसएस्पीले चाहेर मात्रै मेरो जागिर गए जस्तो लाग्दैन। यसमा आईजिपी सर्वेन्द्र खनालको हात होला।प्रहरीको जागिरबाट निकालिएका चन्दले आफू निर्देाष रहेको भन्दै अदालतमा पुर्नबहालिको रिट हालेका थिए। सोही मुद्धामाथि आज फैसला गर्दै अदालतले पुर्नबहाली गर्न आदेश दिएको हो।चन्द प्रहरी सँगठन भित्र विकृति रहेको दुखेसो पोख्छन्। गलत कुराका विरुद्ध डटेर बोल्नुपर्ने उनको सुझाव छ। तलको भिडियोमा हेर्नुहोस् उनको कुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*