हेलिकप्टरबाट ४ हजारमा धनगढी बजार घुमाइने

काठमान्डौ , कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टरबाट चार हजारमा धनगढी बजार घुमाउने प्याकेज ल्याएको छ। उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवका अवसरमा हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएको हो। कै लाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले हेलीकप्टर मार्फत धनगढी बजार घुमाउनका लागि अहिले पुरानो एयरपोर्टमा हेली प्याड बनाउने काम भइरहेको जानकारी दिए।उनले हेली प्याड निर्माणको काम सकिने बितिकै चार हजारमा धनगढी ब जार घुमाउने प्याकेज सुरु हुने बताए।

सके सम्म आजै नभए भोलीदेखी प्याकेज सुरु गरिने समेत ओझाले जानकारी दिए। अहिले पाँच दिन सम्म प्याकेज चलाउने तयारी भएपनि आवश्यकताका आधारमा समय बढाउन पनि सकिने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले रु चार हजारमा दर्शकलाई हेलीकप्टर मार्फत धनगढी बजार घुमाउन लागेको जानकारी दिनु भयो । दर्शकालाई केही भए पनि मनोरन्जन दिनको लागी उक्त प्याकेज ल्याएको सँगले जनाएको छ ।आन्तरिक पर्यटन प्रबर्द्धनको लागी यो प्याकेज सफल हुने संघको विश्वास रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*