१०० वर्षपछि खिचियाे दुर्लभ कालो चितुवाकाे प्रष्ट तस्वीर….

विश्वमै अत्यन्त दुर्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंगलमा देखा परेको छ । दशकौँसम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दुर्लभ कालो चितुवा यसपटक भने एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका छन् ।समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले आफ्नो डीएसएलआर क्यामेराबाट उच्च गुणस्तरीय तस्वीर खिचेका छन् । सो दुर्लभ तस्बिरलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो । केन्याको Laikipia Wilderness Camp क्षेत्रमा साे तस्वीर खिचिएकाे हाे ।

करिब १०० वर्षसम्म कसैले पनि सो चितुवाको गुणस्तरीय तस्वीर खिच्न नसकेकोमा पहिलोपटक बुरार्ड लुकासले आफ्नो फ्रेममा कैद गर्न सफल भएका हुन् ।त्यस अासपास कालो चितुवा देखा पर्ने गरेको खबर त्यहाँका स्थानीयहरुबाट थाहा पाएपछि नै फोटो पत्र कार बुरार्ड त्यहाँ पुगेका थिए । उनले चितुवा आउने सम्भावित बाटोहरुको ठाउँ-ठाउँमा क्यामरा राखेका थिए । यसको केही दिनमा नै रातिको समयमा सो कालो चितुवालाई बुरार्डको क्यामराले कैद गर्न सफल भयो ।यो दुर्लभ तस्वीर खिच्न सफल भएपछि उनले भनेका छन् ‘कुनै ठूलो अपेक्षाबिना नै मैले अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ ।

यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमाझ दुइटा बलिरहेका आँखा देखेँ । पहिले त ती आँखा कालो चितुवाका नै हुन् भन्नेमा मैले विश्वासै गरेको थिइनँ ।’ उनले आफ्नो तस्वीरलाई जीवनकै उपलब्धिमूलक भनेका छन् । बाल्यकालदेखि नै कालो चितुवाको तस्वीर लिने आफ्नो धोको रहेको बताउँदै उनले सो धोको बल्ल पूरा गरिसकेकोमा औधी खुसी लागेको बताएका छन् ।बेलाबेला चर्चामा अाइरहने अफ्रिकन कालाे चितुवाकाे अस्तित्व प्रमाणित गर्न १०० वर्षयता गुणस्तरीय तस्बिर खिच्न सकिएकाे थिएन । Laikipia Wilderness Camp काे इन्स्टाग्राममा साे कालाे चितुवाका विभिन्न तस्वीर राखिएकाे छ ।

यसअघि १९०९ मा अडिस अबाबा, इथियोपियामा यसको प्रष्ट तस्वीर लिइएको थियो । साे तस्वीर हाल वासिङटन डिसीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको बताइन्छ ।जुन् टप भ्यु मा रहेका छन् । फाेटाेग्राफर बुरार्डकाे क्यामेरामा कालाे चितुवाका साथै अन्य चितुवा हरुकाे तस्वीर समेत कैद भएकाे छ । बुरार्डले यसका थप तस्वीर खिच्न अन्य प्रयासहरु गरिरहेकाे जनाएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*