१० बालक एकै ठाउँमा मृत भेटिए ! दाँत र योनाङ्गहरु टुनामुनाको लागि प्रयोग गरिएको खुल्यो !

एजेन्सी- दस बालकहरु तान्जानियामा मृत अवस्थामा फेला परेका छन्। मृत सम्पूर्ण बालकहरुको दाँत र योनाङ्गहरु गाएब रहेको भन्दै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

मृत भेटिएका सम्पूर्ण बालकहरु २ देखि १० वर्ष उमेरका रहेको दक्षिणी तान्जानियाका आधिकारीहरुले बताएका छन्। वर्षको शुरुवात देखिनै उनीहरुलाई घरबाट अपहरण गरिएको थियो।

घटना दक्षिण-पश्चिमी नजम्बो क्षेत्रको रहेको बुझिएको छ। मृत अवस्थामा फेला पर्दा उनीहरुको विभिन्न अङ्गहरु गायब गरिएको खुल्न आएको हो। स्थानीय अधिकारीहरुका अनुसार मृत बालकहरुको कान, दाँत, जिब्रो र योनाङ्गहरु गायब गरिएको छ।

“अहिले सम्म १० शव मिलेका छन्। अधिकांश शवबाट दाँत र योनाङ्गहरु झिकिएको छ।” तान्जानिया उप स्वास्थ्य मन्त्री अन्तराष्ट्रिय संचार माध्यम सीएनएनसँग भन्छन्,” यी हत्याहरु टुना-मुना र कालो जादुसँग जोडिएको हुन सक्नेमा हामी ढुक्क छौँ। यस प्रकारको घटना जहिले पनि टुना-मुनासँग जोडिने गरेका छन्। झाक्रीको उक्सावटमा अन्धविश्वासीहरुले यस्तै प्रकारका घटना घटाउने गरेका छन्। आर्थिक स्थिति बढ्ने र शक्ति बढ्ने भन्दै कालिका बालकहरुको यहाँ हत्या हुनेगरेको छ। “

घटनामा संलग्नता रहेको आशंकामा हत्या भएका ३ बालकको आफन्त पर्ने एक व्यक्तिलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका ती व्यक्ति माथि अनुसन्धान भैरहेको बुझिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*