इफेल टावर मा प्रियंका को सेक्सी पोज

अभिनेत्री प्रियंका कार्की कांस फिल्म फेस्टिबल मा सहभागी हुन फ्रान्स गएकी थिइन उक्त कार्यक्रम मा रेड कार्पेट मा पनि उनको उपस्तिती थियो तर जादा जति उत्साह उनमा थियो तर त्यहा त्यति देखिन सकेन र फिक्का भयो |

अभिनेत्री प्रियंका कार्की केही दिनयता आलोचना खेपिरहेकी छन् । प्रियंकाले आफू कान्स फिल्म फेस्टिभलमा सहभागी हुने पहिलो नेपाली कलाकार भन्दै फेसबुकमा स्टाट्ससमेत लेखिन् । तर, अहिले समाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

हाल उनी कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्केकी छन् । प्रियंकाले फ्रान्सको पेरिस सहरको एफिल टावरअगाडि बसेको तीन फोटो इस्टाग्रामा सेयर गरेकी छन् ।

प्रियंकाले फोटो सँगै लेखेकी छन्, ‘म हाँसिरहेकी छु । मैले बुझें शक्तिशाली हुनु भनेको बुलेट प्रुफ हुनु हैन । अरूले हानेको गोलीहरुबाट बच्नु र जसले गोलीहरु हान्छन्, उनीहरुलाई माफी गर्नु हो । उनीहरुका मनको शन्तिका लागि हैन कि आफ्नै खुसीका लागि ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*