अर्जुन क्षेत्री लाइ ६ महिना जेल र १ लाख जरिवाना पक्राउ गर्ने एसएसपी र डिएसपी यसो भन्छन

सामाजिक संजाल मा निकै ज्योतिष हु र मैले भनेको सबै पुग्छ भनेर भिभिन्न युटुब च्यानल मा अन्तर्वार्ता दिने अर्जुन क्षेत्री अन्तत पक्राउ परेका छन उनले बोलेका कुनै कुनै कुरा हरु मिल्न गएको र जेष्ठ  मा दांग तथा नेपाल को तराइ भेग मा केन्द्रबिन्दु पारेर भूकम्प जान सक्ने भन्दै आफ्नो अन्तरबार्ता दिएका थिय र नेपालि जनता माझ निकै त्रास पैदा गरेका कारण ले आज पुलिस ले पक्राउ गरेको हो |

क्षेत्रीले नेपालमा भूकम्प आउने, संसार ध्वस्त हुनेजस्ता भ्रमपूर्ण खबर अनलाइन, युट्युब मा सार्वजनिक भएपछी उजुरीका आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।

उनीमाथि मुलुकी ऐन भ्रम फैलाउन नहुने दफामाथि अनुसन्धान गरि कारबाही अगाडी बढाउने प्रहरीले जनाएको छ। उनलाई ६ महिना जेल र १ लाख जरिवाना वा दुबै सजाए हुन सक्ने व्यवस्था यो ऐनमा छ।

हेरौ यहि बिषयमा डिएसपी होबिन्द्र बोगटी र एसएसपी उत्तमराज सुबेदीसंग सुनौलो नेपालका लागी गरीएको कुराकानी

यो पनि पढ्नुहोस

ज्ञानेन्द्र शाही पक्राउ प्रकरण : शाही र प्रहरीको आ–आफ्नै दाबी !

काठमाडौं । ‘नेपालका लागि नेपाली अभियान’ चलाएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी यातना दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । शाहीले आँफूले गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै कणार्ली प्रदेशका पत्रकारलाई अपमानजनक शब्द प्रयोग गरेका थिए ।सोही कारण पत्रकार महासंघ, कर्णाली प्रदेश शाखाका अध्यक्ष दुर्गा थापा र सुर्खेत जिल्ला अध्यक्ष गणेश कञ्चन भारतीले शाहीविरुद्ध उजुरी दिएका थिए । सामाजिक सञ्जालमा पत्रकारविरुद्ध गाली गलौज र बेइज्जती गरेर शाहीले विद्युतीय अपराधको कसुर गरेको भन्दै सुर्खेत प्रहरीले पक्राउ गरी उनलाई काठमाडौं पठाएको थियो ।तर, शाहीले सुर्खेतमा प्रहरीले आँफूलाई हिरासतमै यातना दिएको बताएपछि सामाजिक सञ्जालमा उनका समर्थकले प्रहरीले भ्रष्टाचार विरुद्ध बोलेकै कारण यातना दिएको भन्दै उनको रिहाइ, उपचार तथा क्षतिपूर्तीको माग गरिरहेका छन् ।प्रहरीको कुटाइबाट घाइते भएको बताउने उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीको बिषयमा ‘सीधाकुरा जनतासँग’मा रिपोर्टिङ हुनु पर्ने आवाज उठेपछि अस्टे«लियाबाट फर्किएको हाम्रो टिम सीधै ट्रमा सेन्टर पुगेको थियो ।उनले आँफूले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण प्रहरीले हिरासतमा यातना दिएको बताएका थिए । साथै राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रारम्भिक अनुगमनका क्रममा पक्राउ पूर्जी विना पक्राउ गरिएको र प्रहरीको कुटाइबाट उनको खुट्टामा चोट लागेको विज्ञप्ती जारी गरेको थियो ।तर, कर्णाली प्रदेश प्रहरीले भने सोमबार पत्रकार सम्मेलन गर्दै शाहीलाई पक्राउ गरेर नाइटबसमा काठमाडौं पठाएको तर सुर्खेतमा हिरासतमै नराखेकाले यातना दिएको आरोप कपोकल्पित भएको बताएको छ ।अहिले उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यता नेपाल पत्रकार महासंघले शाहीले सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिले पत्रकारको आत्मसम्मानमा चोट पुगेको र असुरक्षा पैदा भएको जनाएको छ ।साथै सामाजिक सञ्जाल मार्फत पत्रकारविरुद्ध अवाफ फैलाउनेलाई कानून अनुसार कारवाही गर्नसमेत माग गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*