अब आउने चुनाबमा मोदीले जस्तै बहुमत ल्याउने बाबुराम को दाबि

डा बाबुराम भट्टराई र उपेन्द्र यादबले संयुक्त रुपमा अध्यक्षता गरेको समाजबादी पार्टीले अर्को चुनाब मा मोदीले जस्तै पूर्ण बहुमत ल्याएर सरकार गठन गर्ने हुकार गरेका छन , नया सक्ति नेपाल र संघिय समाजबादी पार्टी को एकता बाट समाजबादी पार्टी नेपाल गठन भएको थियो। अहिले पार्टी अद्क्ष्य बाबुराम भट्टराई पार्टीको कार्यक्रम मा देश का भिभिन्न ठाउ हरुमा जनसभा र जागरण अभियान मा ब्यस्त छन।

नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीजस्तै बहुमतका साथ पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् ।पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गरे ।समाजवादी पार्टीले २०५२ सालपछि उदय भएका क्रान्तिकारी, पहिचानवादी र परिवर्तनकारी पार्टी, शक्ति र समूहलाई पार्टी एकतामा ल्याई आगामी चुनावपछि देशको नेतृत्व गर्ने भट्टराईले दावी गरे ।‘समाजवादी पार्टी अब ४०–५० सिटमा चित्त बुझाएर नेकपा वा कांग्रेसको पुच्छर बनेर २÷४ जना मन्त्री खाने पार्टी बन्दैन’ भट्टराईले भने ‘देशभर संगठन बनाएर सरकारको नेतृत्व गर्ने हो ।’कांग्रेसको पुँजीवाद र नेकपाको साम्यवाद दुबै विचारधारा विश्वमै असफल भइसकेको भन्दै उनले समाजवादी पार्टी विकल्प बन्ने दावी गरे । संघीय परिषद अधयक्ष डा. बाबुराम भट्टराईले भने ‘समाजवादी पार्टीको गठनसंगै नेकपा र कांग्रेसको दिनगन्ती शुरु भएको छ ।’सत्तारुढ नेकपा र कांग्रेस एकल जातीय, एकल लिंगीय पार्टी भएको आरोप लगाउंदै भट्टराईले समाजवादी पार्टी नै वैचारिक ढंगले नयां र हिमाल, पहाड, तराई मधेसलाई जोड्ने समावेशी पार्टी भएको दावी गरे ।प्रचण्डले जनयुद्धकालमा एजेण्डा छाडेर पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाउंदै भट्टराईले प्रचण्ड भन्दा आफू क्रान्तिकारी भएको जिकिर गर्दै नेकपाका क्रान्तिकारी, पहिचानवादी नेता कार्यकर्तालाई समाजवादी पार्टीमा आउन आग्रह गरे ।अहिलेको राज्य पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली गलत भएको तर्क गर्दै भट्टराईले सरकार, सदन र सडक आन्दोलनमार्फत सरकारलाई झुकाएर संविधान संशोधन गराएरै छाड्ने बताए ।पहिलो संविधानसभाको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार ११ प्रदेशसहितको राज्यको पुनःसंरचना, प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद भएपछि मात्र मुलुकमा समृद्धि र दिगो शान्ति आउने उनले स्पष्ट पारे ।विज्ञहरुले सिफारिस गरेको ११ प्रदेशमा कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्र पनि सहमत भएको स्मरण गर्दै भट्टराईले दोस्रो संविधानसभामा एमाले र कांग्रेसको वहुमत भएपछि ७ प्रदेश आएको बताए ।

केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्तिसंगको पार्टी एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै अब राजपा, जनमुक्ति र अन्य पार्टीसंग पनि एकता गर्ने बताए ।समावेशिताका हिसाबले समाजवादी पार्टी पहिलो बनिसकेको र संगठनलाई गाउँटोलसम्म पु¥याएर अबको चुनावमा पहिलो पार्टी बनाउने दावी गरे ।‘नयाँ शक्तिसंग मिल्यौं, अब पुग्यो भन्ने होइन, यो एकता शुरुवात मात्रै हो, अब राजपा, जनमुक्तिलाई पनि एकतामा आउन अपील गर्छौं’ यादवले भने ‘हामी सांच्चिकै लोकतान्त्रिक, समावेशी र वैकल्पिक पार्टी बनाउने लक्ष्यका साथ अघि बढेका छौं र अर्को चुनावसम्म तरक्की गरेर नम्बर वान पार्टी बनाउँछौं ।’विगतमा आफ्नो पार्टीलाई जातीय र क्षेत्रीय पार्टीको आरोप लाग्ने गरेको स्मरण गर्दै यादवले नयाँ शक्तिसँगको एकतापछि साँचो अर्थमा राष्ट्रिय पार्टी बनेको दावी गरे ।‘खस आर्य, जनजाति, मधेशी, मुस्लिम, दलित, महिला सबैको नेतृत्वमा सार्थक सहभागिता छ’ यादवले प्रश्न गरे ‘आफूलाई राष्ट्रिय पार्टी गर्ने नेकपा र कांग्रेसमा यस्तो कहां छ ?’अभिमुखीकरणमा पार्टीका उपाध्यक्ष परशुराम खापुङ, नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ, शहरी विकास मन्त्री इस्तियाक राईलगायतले तल्लो तहसम्म एकताका क्रममा लचकता अपनाएर भावनात्मक रुपमै एक हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।अभिमुखीकरणमा प्रदेश ५ का करिब एक हजार अगुवा कार्यकर्ता सहभागी थिए ।

यो पनि पढ्नुहोस्ः–

कमल थापाको ठोकुवाः अब हामी पनि आगामी चुनावमा नरेन्द्र मोदी जस्तै दुई तिहाई ल्याउँछौंराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नरेन्द्र मोदीको जस्तै हिन्दुवादी अर्र्थात राप्रपाले पनि नेपालमा आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् । अध्यक्ष थापा अबको निर्वाचनमा नेपालमा पनि भारतमा जस्तै हिन्दुबादीहरुको बहुमत आउनेमा ढुक्क भएका कुरा सार्वजनिक कार्यक्रममा व्यक्त गरेका हुन् ।पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाण्डौँ सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्‍नबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।‘भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड बहुमतसहित सरकार बनाउन सकेको छ’, थापाले भने, ‘भारतमा हिन्दुवादीहरुले सक्छन् भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्‍नबाट कसैले रोक्न सक्दैन ।’अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अलमल नगरी राप्रपामा गोलवद्ध आग्रह पनि गरे । कार्यक्रममा सिन्धुपाल्चोकबाट विभिन्‍न दलका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*