पुलिस को १ डण्डा ले अर्जुन यसरी भए ठण्डा हेर्नुहोस

जेष्ठ महिनाको १७ देखि २७ गते नेपाल को दंगा बुटवल र पश्चिम अन्य जिल्ला लाइ केन्द्रबिन्दु पारेर ठुलो भूकम्प जान्छ भन्दै ठोकुवा गर्ने ज्योतिष भनिने अर्जुन क्षेत्रीलाई हिजो प्रहरीले पक्राउ गरेको छ र उनलाई मानिस हरुमा अफवाह फैलाएको र त्रास दिएको कारण  ६ महिनाको कैद र १ लाख को जरिवाना समेत तिराइने पुलिस ले जनाएको छ, उनले विभिन्न युटुब च्यानल हरुलाई भूकम्प जाने देश मा ठुलो क्षति हुने भन्दै भविस्यबानि गर्दै भाइरल बनेका थिय ।

महाभुकम्प आउँने ठोकुवा गरेर जनतालाई त्रासमा पार्ने एक ज्योतिष अर्जुन क्षेत्रीले प्रहरीले पक्राउ गरेपछि भने आफ्नो बोली फेरेका छन् । महाभुकम्पको भविश्यवाणी ठोकुवा गर्दै हिँडेका ज्योतिष क्षेत्रीले प्रहरीसामु भने आफुले अनुमानको भरमा बोलेको र त्यसमा कुनै सत्यता नरहेको बयान दिएका छन् ।भुकम्पको भविश्यवाणी गर्ने तर आफुलाई समात्न प्रहरी कहिले आउँछ भनेर भविश्यवाणी गर्न नसक्ने क्षेत्रीको कुराले अहिले सबैजना जिल खाएका छन् । कतिपयले क्षेत्रीले प्रहरीकोमा पुगे पछि बोली फेरे पछि पुलिसको डण्डाले ज्यातिष ठण्डा भएको भनि उनलाई उडाइरहेका छन् ।’महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको बताए ।क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा।लि। कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो । सो कुरा प्रहरी अनुसन्धानबाट पनि खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए ।पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ ।

क्षत्रीले आफूलाई ज्योतिष भनेर यसरी चिनाएका थिए
पक्राउ परेका क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।विस्तारै–विस्तारै जथाभावी बोल्न थालेपछि क्षत्रीलाई महासंघले कारबाही गरी निलम्बन गरेको ज्योतिष कमल पौडेल बताउँछन् ।ज्योतिष पौडेलका अनुसार क्षत्रीले केही युट्युब च्यानलहरु किनेर आफूलाई ज्योतिष भनेर चिलाउन अन्तर्वार्ता लिन लगाएको समेत आरोप लगाए । पौडेलले भने, ‘ज्योतिष क्षेत्रमा धावा बोल्ने जो कसैलाई पनि कारबाही हुनपर्छ ।’ज्योतिष पौडेलले भने, ‘जन्म मिति र जन्म स्थानको आधारमा मात्र भविष्यवाणी गर्न सकिन्छ । कसैले कसैको अनुहार हेरेर भविष्यवाणी गर्न सकिन्न ।’पक्राउ परेका ज्योतिष भनिने क्षत्रीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदा आफूलाई अमेरिकाले एक लाख डलर अफर गर्दा समेत नगएको बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*